Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कालीगण्डकी नदीमा पुल निर्माणको काम पाँच वर्षमा ४० प्रतिशत मात्रै

- shuvadmin / शुक्रबार, कार्तिक १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

तम्घास, पाँच वर्षमा सक्नुपर्ने पुलको काम पाँच वर्ष बित्नै लाग्दा पनि ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

कालीगण्डकी गाउँपालिका वडा नम्बर २ अर्वेनी गुल्मी र स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ५ सेतीवेनी जोड्नेगरी कालीगण्डकी नदीमा मोटरेबल पुलको निर्माणमा ढिलाइ भएको हो ।

२०७८ साल असार ३१ गते सडक विभाग, पुल महाशाखा काठमाडौँ र रायमाझी राजेश्वरी जेभी गुल्मीबिच २०८३ भदौ १८ गते सम्पन्न गर्ने गरी ११ करोड ८६ लाख ४५ हजार ९७० रुपियाँमा सम्झौता भएको थियो ।

सम्पन्न गर्ने मिति नजिकिँदै गर्दा पनि कामले तीव्रता पाउन सकेको छैन । तोकिएको समयमा काम सम्पन्न गर्न सक्ने अवस्था भने नरहेको निर्माण व्यवसायीका प्रतिनिधि भिषण गिरीले बताए ।

कालीगण्डकी नदीमा वर्षायाममा पानीको बहाव बढ्ने र हिउँद लागेसँगै कालीगण्डकी जलविद्युत् परियोजनाले ड्याम थुनेर विद्युत् उत्पादन गर्ने भएकाले पनि वर्षमा मुस्किलले चार महिना मात्रै काम गर्नसक्ने अवस्था रहेकाले कामले तीव्रता पाउन नसकेको उनको भनाइ छ ।

शुरुको दुई वर्ष पुलको डिजाइनमै समय लागेको र पछिल्लो समय मात्रै काम गर्न पाएको गिरीले बताए ।

समयमै पुल निर्माण नहुँदा झोलुङ्गे पुलबाट जोखिम मोलेरै बाइकको यात्रा गर्न बाध्य भएको कालीगण्डकी १ हर्मिचौरका तिलक रानाले गुनासो गरे ।

समयमै पुल निर्माणको काम सकिएमा वारि गाडी राखेर पारि शिला शालिग्रामको दर्शन गर्नका लागि जानुपर्ने अवस्थाको अन्त्य हुने शिला शालिग्रामको दर्शन गर्नका लागि गुल्मीको सदरमुकाम तम्घासबाट पुग्नुभएका सवारी चालक लक्ष्मण कुँवरले बताए ।

निर्माण व्यवसायी भागवत गिरीका अनुसार विगतका वर्षहरुमा समयमै भुक्तानी नपाएका कारण कामले तीव्रता नपाएको बताए ।

यस वर्ष उक्त पुल निर्माणमा थप बजेटको व्यवस्था भएकाले कामले तीव्रता पाउने बताए । तोकिएकै अवधिमा काम सक्न नसकिने उनको भनाइ छ ।

उक्त पुलको लम्बाइ एक सय मिटर र चौडाइ भने फुटपाथसहित ११ मिटरको रहनेछ ।

उक्त पुल निर्माणपश्चात् गुल्मी, स्याङ्जा र पर्वतबीचको सम्बन्धलाई थप नजिक बनाउने विश्वास यहाँका स्थानीयहरुले लिएका छन् ।

Page Views: 60
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama