Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक दुई दिनका लागि स्थगित

- shuvadmin / शुक्रबार, कार्तिक १५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय समिति बैठक स्थगन भएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच महाधिवेशन कार्यतालिका ल्याउने विषयमा सहमति हुन नसक्दा बैठक स्थगन भएको हो।

‘कार्यतालिकामा कुरा नमिलेर आइतबार दिउँसो १ बजे बस्ने गरेर बैठक स्थगन भयो’ एक केन्द्रीय नेताले भने।

कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५औँ महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने पक्षमा छ।

तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन्। यो विषयमा कांग्रेस दुई धारमा बाँडिएको छ।

कार्यतालिका ल्याउने विषयमा आज बिहान नेता डा. शेखर कोइरालासँग पनि महामन्त्रीद्वयले संवाद गरेका थिए।

१६ पुसमा केन्द्रीय महाधिवेशन नियमित गर्नेगरी कार्यतालिका ल्याउन सकिने र दबाव दिने निर्णय भएको थियो।

त्यसपश्चात् महामन्त्रीद्वय र कार्यवाहक सभापति छलफलमा बसेका थिए। छलफल सहमतिमा नपुग्दा केन्द्रीय समिति बैठक स्थगन गरिएको हो।

Page Views: 77
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama