Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

माटोमै खेलेर मासिक तीन लाख आम्दानी गर्छन् गुल्मी रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली

- shuvadmin / शनिबार, कार्तिक १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रेसुङ्गा, कृषि कर्मबाटै मासिक तीन लाख रुपियाँ कमाउन सकिन्छ भन्ने उदाहरण गुल्मी, रेसुङ्गाका ४६ वर्षीय प्रेम नेपाली बनेका छन् ।

उनले माटोमै खेलेर मासिक तीन लाख रुपियाँ आम्दनी गर्छन् ।

एक दशकदेखि कृषि कर्ममा लाग्नुभएका नेपालीले आरएनपी एग्रो फार्ममार्फत तरकारीको व्यावसायिक खेती गर्दै आएका छन् ।

उनले १४० रोपनी जग्गा भाडामा लिएका छन् । उक्त जग्गामा २६ वटा प्लास्टिकका टहरा (टनेल) मा विभिन्न किसिमका तरकारी उत्पादन गर्नुका साथै धानखेती तथा माछापालन गर्दै आएका छन् ।

५० रोपनी जग्गामा हाइब्रिड र जिटेन जातको धान खेती गरेका छन् । तीन वटा पोखरीमा पालिएका माछामा करिब छ हजार भुरामध्ये अहिले ग्रेडिङ गरेर ७० किलो बिक्री भइसकेको छ ।

उनको फार्ममा स्थानीय जातका १२० वटा कुखुरा छन् । तीन माउमार्फत बङ्गुरपालनलाई पनि उनले अगाडि बढाइरहेका छन् ।

मौसमी तथा बेमौसमी तरकारी उत्पादनमा पनि उनले जोड दिइरहेका छन् ।

नेपालीले गोपी, खर्बुजा, काँक्रा, घिरौँला, लौका, ब्रोकाउली, टमाटर, सिमी, बोडी गरेर दैनिक तीन क्विन्टल तरकारी बिक्री भइरहेको बताए ।

मौसम अनुसार स्ट्रबेरी र सयपत्री फूलमार्फत पनि राम्रो आम्दानी गरिरहेका छन् ।

गत वर्ष प्रतिकेजी छ सय रुपियाँमा दुई क्विन्टल स्ट्रबेरी बिक्री गरेका नेपालीले अहिले पाँच क्विन्टल बिक्री गर्ने योजना बनाएका छन् ।

उनले बिक्री नभएको तरकारी र सफाइ गर्दा आउने तरकारीका पात बङ्गुर र माछाका लागि प्रयोग गरेका छन् ।

सात सय रुपियाँ किलोमा माछा बिक्री गर्दै आएका छन् । वर्षमा दुई पटक ब्याउने भएकाले बङ्गुरका पाठा बिक्रीबाट डेढ लाख आम्दानी हुने गरेको छ ।

गतवर्ष स्थानीय बजारका साथै तम्घास, बुटवल र काठमाडौँसम्म गरी १२० मुरी धान बिक्री गरेर करिब एक लाख २० हजार रुपियाँ आम्दानी गरेको उनले बताए ।

फार्ममा नेपालीका श्रीमती, छोरासहित अन्य तीन जना श्रमिकले काम गर्छन् ।

तरकारी र अन्नबाली मौसम अनुसार अन्य धेरै जनाले काम पाइरहेका छन् । काष्ठकलामा समेत अब्बल नेपालीलाई परदेश मोह जागेन ।

उनले भने, “किसानका आफ्नै पीडा र व्यथा छन् । नेपाली माटोमा पसिना बगाएर अहिलेसम्म मासिक तीन लाख कमाइ भइरहेको छ ।”

नेपालीले कृषि ज्ञान केन्द्र्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र र रेसुङ्गा नगरपालिकाबाट विभिन्न किसिमका आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको बताए ।

व्यावसायिक तरकारी खेती गर्नुअघि प्रेम नेपालीले दूध बेच्थे । २०७२ तिरको कुरो हो, उहाँले रेसुङ्गा नगरपालिका–६, सिमाहघाटमा १८ रोपनी जग्गा भाडामा लिएर गाईभैँसी पालन र आलु खेती थाले ।

त्यतिबेला तीन वटा भैँसी र दुई वटा गाईबाट दैनिक ३० लिटर दूध उत्पादन हुन्थ्यो ।

नजिकका सहकारीमा दूध बिक्रीको प्रस्ताव गर्दा नलिने कुरा गरेपछि नेपाली आफैँले दूध बोकेर तम्घास बजार पु¥याउन थाले ।

तम्घासमा चार वर्ष दूध बेचेपछि चिनजान र जात खुल्दै गयो अनि धेरैले विभिन्न बहाना बनाएर दूध किन्न छोडे ।

उनले भने, “सहकारीले जात हेरेर दुध राख्न मानेन । बजारमा पनि बिस्तारै समस्या देखिएपछि मन भाँचिएर दुध छोडेर तरकारीतिर काम गर्न थालेँ ।”

Page Views: 72
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama