Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नियमित महाधिवेशन मिति घोषणा गर्न माग गर्दै कांग्रेस कार्यालयको मुख्य गेटमा तालाबन्दी

- shuvadmin / आइतबार, कार्तिक १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, १५ औं महाधिवेशन मिति घोषणाको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपास्थित मुख्य गेटमा तालाबन्दी गरिएको छ।

युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने मागसहित प्रदर्शन गरेका युवाहरूले कांग्रेस कार्यालयको मुख्य गेटमा आइतबार दिउँसो तालाबन्दी गरेका हुन्।

नेविसंघ पूर्वकोषाध्यक्ष शिव रिमाल, नेविसंघ केन्द्रीय सदस्य प्रेमिका राना मगर, भुवन भट्ट, मनिष रायमाझी लगायतले नेपाली कांग्रेस सुधार अभियान भन्दै आज कांग्रेस कार्यालयमा तालाबन्दी गरेका हुन्।

6e46111d-e8ba-44d6-8399-9a0f255cb1af-1762071064.jpg

‘युवाको प्रतिनिधित्व ४० प्रतिशत हुनुपर्ने र १५ औं महाधिवेशन कार्यतालिका छिटो ल्याउनुपर्ने मागसहित हामीले आज तालाबन्दी गरेका हौं,’ रिमालले सेतोपाटीसँग भने।

असोज २८ गतेदेखि सुरू कांग्रेस केन्द्रीय समिति बैठक महाधिवेशन कार्यतालिकामा विवाद हुँदा पटक पटक स्थगित हुँदै आएको छ।

कांग्रेस कार्यालयको गेटमा तालाबन्दी गर्नेमध्ये अधिकांश नेता डा.शेखर कोइरालानिकट छन्।

76dd48df-2ae5-4685-a7bb-97232a986f4e-1762071064.jpg

नेता कोइरालाले मंसिरभित्रै नियमित महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पनि महाधिवेशन कार्यतालिकाबारे पदाधिकारीहरूसँग धोविघाटमा कुराकानी गरेका थिए।

eaf64668-79c3-4343-85ec-1cd47863c90c-1762071065.jpg

त्यहाँ महाधिवेशन कार्यतालिकाबारे सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक असोज १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको थियो।

कांग्रेसमा संस्थापन पक्षले चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने बताएको छ भने संस्थापनइतर समूहले ढिलोमा पनि पुसभित्र महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ।

Page Views: 104
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama