Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे डा. शेखर कोइरालालाई

- shuvadmin / सोमबार, कार्तिक १८, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै हस्ताक्षर गरेका महाधिवेशन प्रतिनिधिहरूको एक समूहले नेता डा. शेखर कोइरालालाई भेटेका छन्।

सोमबार बिहान बालुवाटारस्थित विशालनगरमा रहेको डा. कोइरालाको सम्पर्क कार्यालयमै पुगेर विशेष महाधिवेशन पक्षधरका नेताहरूले छलफल गरेका हुन्।

विशेष महाधिवेशन पक्षधरबाट डा. कोइरालालाई भेट्न गुरूराज घिमिरे, मनोजमणि आचार्य, देवराज चालिसे, डिल्लीराम सुवेदीलगायत नेताहरू पुगेका हुन्।

भेटमा विशेष अधिवेशनका पक्षधरहरूले हस्ताक्षर दर्ता गराएको विषयमा चालू केन्द्रीय समिति बैठकमा कसरी कुरा उठेको छ र प्रक्रिया अगाडि बढेको छ भन्ने विषयमा डा. कोइरालासँग चासो राखेका थिए।

उनीहरूले नेता डा. कोइरालालाई विशेष महाधिवेशनको पक्षमा लबिइङ गरिदिन पनि आग्रह गरेका छन्।

डा. कोइराला आफै भने नियमित महाधिवेशको पक्षमा छन्। उनले मंसिरभित्र १५ औं महाधिवेशन हुनुपर्ने बताइरहेका छन्।

नियमित अधिवेशन हुन सक्दैन। धेरै समस्या छ। विशेष महाधिवेशन नै कांग्रेसभित्र अहिले देखिएको समस्याको समाधन गर्छ भन्ने कुरा हामीले राख्यौं र विशेष महाधिवेशनको पक्षमा लबिइङ गरिदिनुस् भन्यौं, नेता मनोजमणि आचार्यले भने।

जबाफमा नेता डा. कोइरालाले नियमित महाधिवेशनमा पनि सहमति नभएका कारण अन्तिममा विशेष महाधिवेशनमा पुग्न सक्ने कुरा गरेको आचार्यले जानकारी दिए।

नियमित अधिवेशनको पनि मितिको विषयमा कुरा मिलिराखेको छैन। एक पक्ष चुनाव अगाडि भन्नुहुन्छ, अर्को पक्ष चुनाव पछाडि महाधिवेशन गरौं भन्नुहुन्छ।

कुरा नमिल्दासम्म समस्या भइराख्यो र समय घर्किँदै गइरह्यो भने अन्तिममा विशेष महाधिवेशनमा पुग्न सक्छ, डा. कोइरालाका भनाइ उद्धृत गर्दै उनले भने।

विशेष महाधिवेशन पक्षधरहरूले मुलुकको परिस्थिति र विधानले परिकल्पना गरेको विशेष महाधिवेशन हुन सक्ने अवस्थाबारे डा. कोइरालालाई स्मरण गराएका थिए।

विशेषगरी भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य रहेको उनीहरूले बताएका थिए।

कांग्रेसलाई मतदान गर्ने २८ लाख मतदाता छन्। ८ लाख मात्रै हुन् क्रियाशील सदस्य। बाँकी त नागरिक नै हुन्। उहाँहरूको भावनाविरूद्ध जान हुँदैन।

यही नेतृत्वबाट चुनावमा जान सकिँदैन। त्यसैले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व, नयाँ नीति र विधानमा पनि विशेष व्यवस्था गरेर जाऔं भनेर हामीले विशेष महाधिवेशनको माग गरेका हौं, आचार्यले भने।

१४ औं महाधिवेशनमा रहेका ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये २४८८ जनाले विशेष महाधिवेशन माग गर्दै असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाएका थिए।

पार्टी विधानअनुसार तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने हुन्छ। आज २० दिन भइसक्यो।

पुस २८ सम्म हामीले विशेष अधिवेशन गरिसक्नुपर्छ। पार्टी केन्द्रीय समितिबाट त्यो विषयमा निर्णय गरिसक्नुपर्छ भनेर विशेष अधिवेशनको पक्षमा लबिइङ गरिदिनुस् भन्यौं, आचार्यले भने, नियमित हुँदै गर्दा हामी पनि त्यो कुराबाट टाढा छैनौं।

तर, नियमिति हुन सक्दैन। किनभने पार्टी कार्यालयहरू जलेको छ। क्रियाशील फारमहरू जलेका छन्। समय पेचिलो छ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर बुझाएपछि गत शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि विशेष महाधिवेशन पक्षधरसँग छलफल गरेका थिए।

त्यतिबेला ७ जना प्रतिनिधिहरूले कार्यवाहक सभापति खड्कासँग कुरा गरेका थिए।

महाधिवेशनकै विषयमा विवाद हुँदा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन। आइतबार बस्ने भनेर शुक्रबार स्थगित गरिएको बैठक आइतबार पनि बस्न सकेन।

मंगलबार बस्नेगरी कांग्रेस केन्द्रीय समिति बैठक सारिएको छ।

महाधिवेशन कार्यतालिकालाई लिएर सहमति जुटाउनका लागि शनिबार पनि कार्यवाहक सभापति खड्काले पदाधिकारी बैठक राखेका थिए।

पदाधिकारी बैठकले पनि महाधिवेशनबारे सहमति जुटाउन भने सकेन।

बैठकमा ढिलोमा पुस १६ देखि १९ सम्म महाधिवेशन गर्नुपर्ने एउटा र वैशाख अन्तिममा महाधिवेशन गर्नुपर्ने अर्को प्रस्तावमाथि छलफल भएको थियो।

महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म नियमित महाधिवेशन गर्न प्रस्ताव गरेका छन्।

यो प्रस्तावमा अर्का महामन्त्री गगन थापा र नेता डा. कोइराला सकारात्मक देखिन्छन् ।

तर, सभापति शेरबहादुर देउवा पक्ष चुनावपछि वैशाख अन्तिममा महाधिवेशन गर्न उपयुक्त हुनेमा छन्। त्यसैले महाधिवेशन कार्यतालिकामा सहमति हुन सकेको छैन।

सहमति खोज्नका लागि सोमबार पनि शीर्ष नेताहरुको बैठक धोविघाटमा बस्दैछ भने संस्थापननिकट केन्द्रीय सदस्यहरू पनि बानेश्वरमा भेला भएर छलफल गर्दैछन्।

Page Views: 65
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama