Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक शुरु, महामन्त्री थापाले पेस गरे कांग्रेस महाधिवेशनको तालिका

- shuvadmin / मङ्गलबार, कार्तिक १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। बैठक सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सुरु भएको हो।

पार्टीको आगामी महाधिवेशनका विषयमा संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुट्दा बैठक पटक–पटक स्थगित हुँदै आएको थियो।

महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनभन्दा अगाडि गर्ने कि पछाडि गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद छ।

विवाद बढेपछि गत शुक्रबार र आइतबार सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो।

निर्वाचन पछाडि मात्रै महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको भनाइ छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत इतर पक्षले निर्वाचन अगाडि नै महाधिवेशन गर्नुपर्ने बताउँदै आएका छन्।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका पेस गरेका छन्।

केन्द्रीय समितिको जारी बैठकमा उनले महाधिवेशन कार्यतालिका पुस १६ देखि १९ गतेसम्म गर्ने गरी तालिका पेस गरेका हुन्।

कांग्रेसमा महाधिवेशन फागुन २१ को चुनावअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा विवाद छ।

सभापति शेरबहादुर देउवासहित संस्थापन समूह भने आगामी वैशाखमा मात्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्।

विवादकै बीच थापाले आफूले तयार पारेको कार्यतालिका बैठकमा पेस गरेका हुन्।

त्यस्तै गगन थापा पक्षधर महाधिवेशन प्रतिनिधिहरूले भने विशेष महाधिवेशनका लागि हस्ताक्षरसमेत बुझाइसकेका छन्।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पार्टी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो।

आजमात्रै विशेष महाधिवेशन पक्षधरले काठमाडौँको नयाँ बानेश्वरमा भेला आयोजना गरेको छ।

उक्त भेलाले पनि नियमित महाधिवेशन समयमै गर्न नसक्ने भए तत्काल विशेष महाधिवेशनको तालिका ल्याउन आग्रह गरेको छ।

Page Views: 99
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama