Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, जेठ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

हङकङ सुपर सिक्समा रासिदको ह्याट्रिक र सन्दीपको विष्फोटक अर्धशतकका बाबजुत अफगानिस्तानसँग हार्यो नेपाल

- shuvadmin / शुक्रबार, कार्तिक २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, हङकङमा जारी हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग १८ रनले पराजित भएको छ।

नेपालका लागि बलर रासिद खानले ह्याट्रिक सहित ४ विकेट लिंदा ब्याटर तथा कप्तानी गरेका सन्दीप जोराले १४ बलमा ५३ रनको विष्फोटक इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त रहेन।

पहिले ब्याटिङ गर्दै अफगानिस्तानले निर्धारित ६ ओभरमा दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान जोराले १४ बलमा ८ छक्का र १ चौका प्रहार गर्दै ५३ रन जोड्दा रिटायर्ड हर्ट (घाइते) भएर पेभिलियन फर्किए।

नेपालका लागि थप दोहोरो रनको स्कोरका रुपमा लोकेश बमले १० रन बनाउँदा रासिद खानले ११ र मोहम्मद अदिल आलमलेपनि ११ रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा अलआउट हुँदै १ सय १२ रन बनाएको थियो।

उसका लागि करिम जनतले १० बलमा ३५ रन बनाउँदा गुल्बदिन नाइबले २२ तथा फर्मनल्लाहले ९ बलमा ३० रनको इनिङ खेल्दै टिमलाइ उच्च स्कोरमा पुर्याएका थिए।

नेपालका लागि रसिद खानले सुपर सिक्समा दुर्लभ ह्याट्रिक हात पारे। उनले पाँचौ ओभरको पहिलो दोस्रो र तेस्रो बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरेका थिए।

Page Views: 45
संबन्धित शिर्षकहरु
आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्ने
अमेरिकाविरुद्धकाे खेलमा नेपालकाे जित
नेपाल र स्कटल्याण्ड भिड्दै
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama