Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेसको मुख्यमन्त्रीमा रातारात एमालेका सरोज नियुक्त, प्रदेश प्रमुखले होटलमा गराइन शपथ ग्रहण

- shuvadmin / सोमबार, कार्तिक २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

जनकपुरधाम, मधेश प्रदेशको मुख्यमन्त्रीमा रातारात नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका छन् ।

बिरामी परेको भन्दै मधेश भवनबाट बाहिरिएकी मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा यादवलाई शपथ ग्रहण गराएकी हुन्।

यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त गरिएको हो।

हिजो मात्र एमाले बाहेकका दलहरू नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार आह्वान गर्नका लागि प्रदेश प्रमुखकहाँ गएका थिए ।

प्रदेश प्रमुख भण्डारीले आफू छलफलमै रहेकाले दुई तीन दिन लाग्ने बताएकी थिइन् । तर, उनले रातारात यादवलाई नियुक्त गरेकी हुन्।

पाँच दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा गत असोज २९ गते नियुक्त भएका मुख्यमन्त्री जितेन्द्रप्रसाद सुनार (सुनल) विश्वासको मत पाउने अवस्था नदेखेपछि शनिबार प्रदेशसभामै राजीनामाका घोषणा गरेर प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए।

सोनलले मधेशका जनतासँग धोखा भएको भन्दै फेसबुकमा आपत्ति जनाएका हुन्।

उनले स्वास्थ उपचारको नाममा निस्केकी मधेश प्रदेशका प्रदेश प्रमुख भन्डारीले सिन्धुली र महोत्तरी को सिमानाको एउटा होटेलमा प्रदेशको अस्मितालाई समाप्त पार्ने खेल गरेको लेखेका छन् ।

Page Views: 96
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama