Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बागमतीमा दश लाख बढीको आयोजना उपभोक्ता समितिबाट कार्यान्वयन गर्न सर्वोच्चको आदेश

- shuvadmin / मङ्गलबार, कार्तिक २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, दश लाखभन्दा बढी लागत भएको आयोजनाको कार्यान्वायन उपभोक्ता समितिबाट गर्न नपाउने बागमति प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

मुख्यमन्त्रीमा इन्द्र बानियाँ चयन भएसँगै मितव्ययिता कायम गर्ने भन्दै भदौ १९ गते दश लाख बढीको खरिद ठेक्काबाट मात्रै गर्नुपर्ने निर्णय गरेको थियो।

त्यसविरुद्ध सन्तोष चौहानले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश अव्दुल अजीज मुसलमान र टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘वागमती प्रदेश मन्त्रीपरिषदबाट मिति २०८२/५/१९ मा भएको निर्णय प्रथम दृष्टिमा नै कानूनको मर्म र भावना अनुकुल नदेखिँदा सुविधा सन्तुलनको दृष्टीबाट यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म मिति २०८२/५/१९ को निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राखु भनी प्रत्यर्थीहरुको नाममा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (क) बमोजिम अन्तरिम आदेश जारी गरिएको छ।’

संयुक्त इजलासले बागमति प्रदेश सरकारको निर्णय प्रथम दृष्टिमै गैरकानुनी भएको ठहर गरेको छ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४४ मा उपभोक्ता समिति वा लाभग्राही समुदायबाट निर्माण कार्य गराउँदा वा सो सम्बन्धी सेवा प्राप्त गर्दा मितव्ययिता, गुणस्तरीयता वा दिगोपना अभिवृद्धि हुने भएमा वा परियोजनाको मुख्य उद्देश्य नै रोजगारीको श्रृजना गर्ने र लाभग्राही समुदायलाई सहभागी गराउने भएमा उपभोक्ता समिति वा लाभग्राही समुदायलाई सहभागी गराई त्यस्तो कार्य गराउन वा सेवा लिन सक्ने व्यवस्था गरेको छ।

त्यस्तै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ मा एक करोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य वा सेवा उपभोक्ता समितिबाट गराउन सकिने व्यवस्था गरेको छ।

Page Views: 75
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama