Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सप्तरीमा नेपाल–भारत सिमाबाट हराए ४७९ सीमास्तम्भ

- shuvadmin / शुक्रबार, कार्तिक २९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सप्तरी, सप्तरीसँग जोडिएको नेपाल–भारतसीमाबाट अधिकांश सीमास्तम्भ हराएका छन् । जिल्लाअन्तर्गत रहेको ७८ किलोमिटर सिमामा रहेको ६४९ सीमास्तम्भमध्ये ४७९ वटा सीमास्तम्भ हराएएका हुन् ।

सशस्त्र प्रहरीबल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको समन्वयमा सशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीले राजविराजस्थित कार्यालयमा आयोजना गरेको “सीमावासीसँग शशस्त्र प्रहरी कार्यक्रम“ मा यस्तो तथ्याङ्क सार्वजनिक भएको छ ।

सप्तरीका १८ मध्ये ७ पालिका भारतीय सीमासँग जोडिएकोमा त्यसमध्ये ५ पालिकाका प्रमुख र वडाध्यक्ष तथा सरोकारबालाको सहभागितामा आयोजित कार्यक्रममा स्वागत गर्दै शशस्त्र प्रहरीबल नेपाल नम्बर ६ गण हेडक्वार्टर सप्तरीका गणपति प्रहरी उपरीक्षक रोशन वुढाथोकीले नेपाल–भारत सीमाअन्तर्गत सप्तरीका दशगाजा क्षेत्रमा अहिले १७० वटा सीमास्तम्भ मात्र रहेको जानकारी दिए ।

सीमा अपराध तथा चोरी तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीले भारतीय सीमासँग जोडिएका पालिकाका जनप्रतिनिधि, नागरिकि अगुवा तथा सञ्चारकर्मीहरुसँग गरेको अन्तरक्रियामा उनले ६४९ वटा सीमास्तम्भ हुनुपर्नेमा अहिले १७० वटा मात्र रहेको जानकारी दिएका हुन् ।

उनले कायम रहेका कतिपय सीमास्तम्भ पनि जिर्ण अवस्थामा रहेकाले मरमत गर्नुपर्ने अवस्थामा रहेको बताए ।

“दशगजा क्षेत्रमा कतिपय पिलर भाँचेको, बाढीले बगाएको तथा हराएको पाइएकाले आवश्यक बजेटको व्यवस्थापन गरी साविककै ठाउँमा नयाँ सीमास्तम्भ राख्ने पहल थालिएको छ,’’ उनले भने ।

सीमा अपराध नियन्त्रण, सीमासुरक्षाको महत्व र सीमावासीको समस्याको पहिचान तथा सुझाव सङ्कलन गरी आवश्यक रणनीति बनाउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका सहभागी अधिकांश वक्ताले दशगजा क्षेत्रमा हराएका सीमास्तम्भको पुनर्निर्माणमा जोड दिनुका साथै चोरी तस्करी, लागुऔषध ओसारपोसार नियन्त्रण तथा लामो समयदेखि बन्द रहेका सप्तरीका छोटी भन्सार कार्यालयहरु पुनः सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र माझी, डाक्नेश्वरी नगरपालिकाका नगरप्रमुख रामलखन मलाह, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण मंडल, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव, विभिन्न वडाका वडाध्यक्ष तथा सञ्चारकर्मीहरुले सीमाक्षेत्रका समस्या र सुझाव राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सहायक बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोक कुमार बमले दशगाजा क्षेत्रबाट भाँचेका, बाढीले बगाएका र हराएका सीमास्तम्भहरु पुनर्निर्माण र मर्मतका लागि आफुहरुले विभागमार्फत पहल थालेको र छिट्टै समाधान हुने विश्वास व्यक्त गरे ।

Page Views: 22
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama