Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्त विवादको पेशी श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा

- shuvadmin / आइतबार, मङि्सर ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति सम्बन्धमा परेको रिटको पेशी न्यायाधीश तिल प्रसाद श्रेष्ठ र नृपध्वज निरौलाकोको संयुक्त इजलासमा परेको छ ।

नेपाली कांग्रेससहित सात दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रिट दिएकोमा अन्तरिम आदेशका लागि न्यायाधीश श्रेष्ठ र निरौलाको संयुक्त इजलासमा परेको हो ।

गत मंगलबार मधेश सरकार गठनविरुद्ध ७४ जना प्रदेशसभा सदस्यले सर्वोच्चमा रिट दिँदा बुधबार न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले निवेदकले अन्तरिम आदेश माग गरेको सम्बन्धमा विचार गर्दा विषयवस्तुको प्रकृति एवं गम्भीरताको आधारमा दुबै पक्षबीच छलफल गरी दुबै पक्षलाई राखेर निष्कर्शमा पुग्नुपर्ने देखिएकाले अन्तरिम आदेशका लागि (आज) आइतबार बोलाएको थियो ।

सर्वोच्चले निवेदकको माग बमोजिम किन आदेश जारी नगर्ने भन्दै कारणसहित बाटाका म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश समेत दिएको थियो ।

यस्तै, मुख्यमन्त्री नियुक्ति सम्बन्धी कात्तिक २३ गतेको निर्णय, मन्त्रिपरिषद् गठन सम्बन्धी सम्पूर्ण कागजातहरू आइतबारको पेशीमा ल्याउन भनिएको थियो ।

गत मंगलबार नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले प्रदेश प्रमुख, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री सरोजकुमार यादव, मुख्यमन्त्रीको कार्यालय, सभामुख रामचन्द्र मण्डल र प्रदेशसभा सचिवालयलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

Page Views: 30
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama