Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दोर्दीखोला जलविद्युत कम्पनीले म्याग्दी ए आयोजना बनाउँदै, लाइसेन्स दिन विभागको तयारी

- shuvadmin / सोमबार, मङि्सर ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचिकृत दोर्दीखोला जलविद्युत कम्पनी लिमिटेडले ३० मेगावाटको म्याग्दी खोला ए जलविद्युत आयोजना बनाउने भएको छ।

आयोजनाबाट बिजुली उत्पादन गर्न कम्पनीले विद्युत विकास विभागमा इजाजत (लाइसेन्स) का लागि आवेदन दिएको छ।

विभागले आगामी ३५ दिनपछि कम्पनीलाई म्याग्दी खोल ए जलविद्युत आयोजन बनाउन लाइसेन्स दिनेछ।

कम्पनीले १२ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। म्याग्दी ए आयोजना सम्पन्न भएपछि जडित क्षमता ४२ मेगावाट पुग्नेछ।

प्रस्तावित आयोजना आगामी २०८४ जेठमा सक्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ।

आयोजनाबाट वार्षिक १७ करोड ७० लाख युनिट बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ। विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन प्रतिवेदन तयार भइसकेको छ।

प्रस्तावित आयोजना गण्डकी प्रदेशको धौलागिरी गाउँपालिकामा रहेको म्याग्दी खोलाको पानीलाई उपयोग गर्ने भएको छ। आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको रहेको छ।

आयोजनाको सम्पूर्ण संरचनाहरु धौलागीरी गाउँपालिकमा म्याग्दी खोलाको दायाँ किनारमा रहने भएका छन्।

विद्युत उत्पादनको लागि म्याग्दी खोलाको पानी फर्काउन बनाइने बाँधको कूल लम्बाई १५ मिटर र उचाई ८ मिटरको हुनेछ।

प्रत्येक युनिट १५ मेगावाटका दुईवटा थ्रि फेज जेनेरेटरमार्फत ३० मेगावाट विद्युत उत्पादन गरिनेछ।

आयोजनाबाट उत्पादन हुने विद्युत २५ किलोमिटर लामो प्रसारण लाईनमार्फत नेपाल विद्युत प्राधिकरणको डाँडाखेत सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाईनमा प्रवाह गरिनेछ।

दोर्दीखोला जलविद्युत कम्पनी २०६६ मा स्थापित विद्युत उत्पादन गर्ने संस्था हो।

Page Views: 79
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama