Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएलमा अवैध सट्टेबाजी, दुई करोडभन्दा माथिको कारोबार, १० जना पक्राउ

- shuvadmin / मङ्गलबार, मङि्सर १०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रहरीले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अवैध अनलाइन सट्टेबाजीमा दुई करोड रुपैयाँभन्दा बढीको कारोबार भएको पाइएको बताएको छ।

काठमाडौँ प्रहरी परिसरले सोमबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो।

प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले एनपीएल चलिरहेको बेला राजधानीमा सक्रिय अनलाइन बेटिङ समूहहरूविरुद्ध काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले विशेष अभियान सञ्चालन गर्दै १० जनालाई पक्राउ जानकारी दिए।

अनुसन्धानका क्रममा डिजिटल वालेटहरूमा करिब दुई करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको प्रमाण फेला परेको प्रहरी उपरीक्षक भट्टराईले बताए।

उनले स्टेक डटकम, बेडबुक डटकमलगायतका वेबसाइटहरू तथा यससँग सम्बन्धित अन्य एप्लिकेसनहरू अनलाइन बेटिङका लागि प्रयोग गरिएको बताए।

उनले भने, ‘एनपीएल चलिरहेको अवस्थामा अनलाइन बेटिङमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सक्रियतामा, अगुवाइमा र हामीले हाम्रो साथमा जम्मा दश जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भइराखेको अवस्था छ।

दुई वटा ग्रुपमा गरेर करिब दुई करोड पाँच लाखको ट्रान्ज्याक्सन भएको वालेटहरुमा ट्रान्ज्याक्सन भएको देखिन्छ।’

Page Views: 77
संबन्धित शिर्षकहरु
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
रुकुममा जिप दुर्घटना ८ जना घाइते
विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
ताजा अपडेट
  • पृथ्वीराजमार्ग अवरुद्ध भएपछि नयाँ रुट निर्धारण
  • रुकुममा जिप दुर्घटना ८ जना घाइते
  • विनाशकारी पहिरोमा परेकाहरुकाे सम्झनामा चीनमा शोक सभा
  • राजधानी बाहिरबाटै ग्यास भरेर राजधानी ल्याइने
  • नुवाकाेटकाे ढुङ्गे क्षेत्रमा यातायात सञ्चालन
  • पीडितको उद्धार र राहतका लागि निःशुल्क बससेवा सञ्चालन
  • भोटेकोशी बाढीमा परेका हजारौं मानिस अझै बेपत्ता
  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोड बढी रकम संकलन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama