Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असार ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेयरबजारको वृद्धि आजपनि जारी

- shuvadmin / बुधबार, मङि्सर ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेयरबजारको वृद्धि आजपनि जारी रहेको छ । साताको चौथो कारोबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३६ प्रतिशत अर्थात ९.६१ अंकले बढेर २ हजार ६६५.६० विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३६ प्रतिशतले बढेर ४५९.१७ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा स्क्रिप्टको १ करोड ३६ लाख २० हजार ८३८ कित्ता सेयर ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आजको कारोबार अघिल्लो दिनको तुलनामा बढी हो । अघिल्लो दिन भने ५ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटामा हरियाली छायो भने ५ वटामा रातो पोतियो ।

आज होटल बीमा समूह सर्वाधिक अर्थात ०.९९ प्रतिशतले बढ्यो । यस्तै बैंकिङ समूह ०.६६ प्रतिशत, विकास बैंक ०.१२, हाईड्रो ०.२८, उत्पादन तथा प्रशोधन ०.७४, लघुवित्त ०.७१ अन्य ०.४५ र व्यापार ०.६८ प्रतिशतले बढ्यो ।

जीवन बीमा समूह आज सर्वाधिक घट्यो । यो समूह आज ०.३२ प्रतिशतले घट्यो ।

यस्तै फाइनान्स समूह ०.१६ प्रतिशत, लगानी ०.१७, म्युचुअल फण्ड ०.०४ र निर्जीवन बीमा ०.३३ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६२ करोड ४३ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै शिवम् सिमेन्टको २६ करोड ७५ लाख, हिमालयन डिस्टिलरीको २३ करोड ४१ लाख, बन्दिपुर केवलकारको १९ करोड ६८ लाख र हिमालयन रि इन्स्योरे्न्सको १८ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज सागर डिष्टिलरी, झापा इनर्जी, श्रीनगर एग्रोटेक,स्वस्तिक लघुवित्त र रिभर फल्स पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यस्तै आज महुली लघुवित्तको सेयरमूल्य ९.१८ प्रतिशत, फर्स्ट माईक्रोफाइनान्सको ८.९५ र पिपुल्स पावरको सेयरमूल्य ५.५८ प्रतिशतले बढ्यो ।

यो दिन बोटलर्स नेपाल(बालाजु)को सेयरमूल्य सर्वाधिक अर्थात ३.९४ प्रतिशतले घट्यो ।

यस्तै उन्नति सहकार्य लघुवित्तको सेयरमूल्य ३।८१ प्रतिशत र शुभम् पावरको सेयरमूल्य ३।६५ प्रतिशतले घट्यो ।

Page Views: 47
संबन्धित शिर्षकहरु
सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
पुराना तथा जफत सवारी साधनहरू लिलाम बिक्री गरिने
ताजा अपडेट
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान
  • रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल
  • एक–दुई स्थानमा चट्याङ्गसहितकाे वर्षा हुने
  • सुरुङमार्ग अध्ययन र निर्माणका लागि ६७ करोड बजेट विनियोजन
  • धनगढीबाट भन्सार छलीका सामान बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama