Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

मधेश प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा आज फैसला आउने सम्भावना

- shuvadmin / सोमबार, मङि्सर १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको सर्वोच्च अदालतमा परेको रिटमा आज फैसला आउने सम्भावना रहेको छ ।

बिहीबारदेखि निरन्तर बहस भइरहेको रिटमा सोमबार समेत बहस हुँदैछ ।

आजको पेसीमा विपक्षीको तर्फबाट बहस बाँकी नै रहेकाले विपक्षीको तर्फबाट अधिवक्ताहरुले बहस टुंग्याएपछि रिटकर्ताको तर्फबाट जवाफी बहसपछि फैसला आउने सम्भावना रहेको छ ।

मधेस सरकारको गठन विरुद्ध ३ वटा रिट परेकोमा तीनवटै रिटलाई एकैसाथ बिहीबारदेखि न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा बहस शुरु भएको थियो ।

बिहीबार बहस नसकेपछि शुक्रबार समेत बहस जारी थियो भने उक्त दिन सोमबारका लागि अर्को पेसी तोकिएको थियो ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नियुक्त गरेपछि सो विरुद्ध तीनवटा रिट परेको थियो ।

तात्कालीन प्रदेश प्रमुखले २३ कातिकको मितिमा यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै कातिक २४ गते बिहानको समयमा महोत्तरीको बर्दिबास स्थित एक होटेलमा सपथग्रहण गराएपछि सोही दिन जनकपुरधाम उपमहानगरपालिका घर भएका रक्कीप्रसाद साह र सिरहाको सिरहा नगरपालिका घर भएका सुजित यादवले तथा अर्जुन साहले छुट्टा छुट्टै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुले नेपालको संविधानको धारा १६८ को उपधारा २ जिवितै हुँदाहुँदै संविधान उल्लंघन गरेर उपधारा ३ बमोजिम सरकार बनेकाले रिट दायर गरेका थिए ।

उक्त रिटमा २५ कातिकमा टेकप्रसाद ढुंगानाको एकल इजलासले यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

२५ कातिकमै नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्ति बदरको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Page Views: 38
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama