Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

देउवाको मध्यमार्गी धारले फुक्यो गाँठो, पुस २६ देखि २८ सम्म महाधिवेशन गर्ने कांग्रेसको निर्णय

- shuvadmin / मङ्गलबार, मङि्सर १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, महाधिवेशन निर्वाचन अघि कि पछि भन्ने रस्साकस्सीका बीच नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशनको विषय थाँती राख्दै नियमित महाधिवेशनको समय तालिका ल्याउन सफल भएका हुन ।

कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशनको माग गर्दै आइरहेका थिए ।

तर, अब उनीहरूको माग पनि तत्काललाई रोकिएको छ । सभापति देउवाको अगुवाइमा पुसमा नियमित महाधिवेशन गर्ने कार्यतालिका आए पनि महामन्त्रीद्वय भने विश्वस्त हुन सकेका छैनन् ।

उनीहरूले नियमित महाधिवेशन तोकिएको समयमा नभएमा विशेष महाधिवेशनको विकल्प नरहेको बताउँदै आएका छन् ।

कांग्रेसले सार्वजनिक गरेको नयाँ कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्य वितरण मंसिर २० भित्र गरिसक्ने उल्लेख छ ।

विशेष महाधिवेशन पक्षधर नेताहरूको भावनासमेत सम्बोधन हुने गरी पुसमा महाधिवेशन गर्ने निर्णय भएको कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताए ।
महाधिवेशन मितिमा सहमति जुट्न नसक्दा केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको थियो ।

सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग चरणबद्ध छलफल गरेपछि गाँठो फुकेको हो ।

Page Views: 39
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama