Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, असोज ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालमा अब ठूला दरका भारु चल्ने

- shuvadmin / शुक्रबार, मङि्सर २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपालमा भारतीय एक सय रुपियाँभन्दा ठूला दरका नोट पनि चलनचल्तीमा ल्याउन भारतीय रिजर्भ बैङ्कले अनुमति दिएको छ ।

सन् २०१६ नोभेम्बरमा भारतले ठूला नोटमा नोटबन्दी गरेसँगै नेपालमा पनि एक सय रुपियाँभन्दा ठूला नोट प्रतिबन्ध लागेको थियो ।

भारतीय रिजर्भ बैङ्कले त्यहाँको राजपत्रमा सूचना प्रकाशन गर्दै नेपाल र भुटानमा एकभन्दा ठूला दरका भारतीय नोट प्रचलनमा ल्याउन पाउने सूचित गरेको हो ।

सूचना अनुसार अब नेपाली तथा भारतीय नागरिक नेपाल–भारत आवतजावत गर्दा २५ हजार भारुसम्म नगदै एक सयभन्दा ठूला नोट ल्याउन लैजान पाउने छन् ।

यसले गर्दा भारतीय पर्यटक, भारतमा रहेका नेपालीले नेपाल आउँदा २५ हजार रुपियाँसम्म ठुला भारु नोट नेपाल ल्याई प्रचलनमा ल्याउन सक्ने छन् ।

त्यस्तै नेपालमा रहेका भारतीय नागरिक, भारतमा अध्ययन तथा उपचारका लागि जाने नेपालीले पनि यस्तो नगद साथै लैजान पाउने छन् ।

भारतमा राजपत्रमा यो सूचना आएसँगै अब नेपाल राष्ट्र बैङ्कले भारतीय ठूला नोट प्रचलनमा ल्याइएको औपचारिक जानकारी गराएपछि कार्यान्वयनमा जाने नेपाल राष्ट्र बैङ्कका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले जानकारी दिए ।

“भारतको राजपत्रमा यस्तो सूचना आइसकेको छ, यसलाई नेपालमा कार्यान्वयन गराउन राष्ट्र बैङ्कले औपचारिक रूपमा सूचना निकाल्छ,” उनले भने ।

भारतले ठूला दरका नोट प्रचलन अनुमति दिए पनि विगतमा नोटबन्दीमा परेका ठूला नोट भने चल्तीमा आउने छैनन् ।

सन् २०१६ को नोटबन्दीका कारण नेपालको औपचारिक वित्तीय प्रणालीमा रहेको करिब आठ करोड रुपियाँ बराबरको भारु नोट चलाउन भने नपाइने उहाँले बताए ।

“भारतको यो सूचनाले नोटबन्दीमा परेका नोट चलाउन मिल्ने भनेको होइन, सर्वसाधारणले यो बुझ्न जरुरी छ,” उनले भने, “कतिपय नागरिकले पुराना नोट राखेका हुन सक्छन् ।

तर, त्यो चलाउन मिल्दैन ।” यो अवस्थाले विदेशी मुद्रा व्यक्तिले सञ्चित गर्नु हुँदैन भन्ने पाठ सिक्न जरुरी रहेको उनले बताए ।

Page Views: 104
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्याे
आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
५० रुपैयाँको नयाँ नोट बजारमा
ताजा अपडेट
  • बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दाे
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
  • कोशीमा डेंगु संक्रमणको प्रकाेप बढ्दाे
  • एमाले केन्द्रीय कमिटीको बैठक बिहान ११ बजे बस्दै
  • इन्द्रजात्राको तयारी तीव्र
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama