Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दाउन्ने सडक निर्माणको काम तीब्र, यात्रुलाई सास्ती उस्तै

- shuvadmin / शुक्रबार, मङि्सर २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नवलपरासी, पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तीब्रता लिएको छ ।

विस्तारका कारण सवारी आवागमनमा असुविधा भएपनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएर शुरु भएको थियो ।

मूल रूपमा २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना एशियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सञ्चालित छ ।

तर, विभिन्न प्राविधिक र मौसमी अवरोधका कारण काममा ढिलाइ हुँदा हालसम्म चार पटक म्याद थप गरिएको छ ।

तेस्रो पटक २०८२ साउन ८ सम्म र चौथो पटक २०८३ असारसम्म म्याद बढाइएको हो ।

कुल सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६र६ मिटर सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन निर्माण हुनेछ ।

पूर्वी खण्ड (गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर) मा ३३ वटा पुल निर्माण सकिएको छ ।

दाउन्ने क्षेत्र पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण भाग मानिन्छ । यहाँको साँघुरो सडक र पहाडी भू-गोलका कारण विस्तारमा ढिलाइ भएको थियो ।

Page Views: 77
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama