Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

समाजसेवी सापकोटाद्वारा चितवनको रत्ननगरमा रहेको अमिलिया स्कूलका बिद्यार्थीलाई न्यानो कपडा वितरण

- shuvadmin / सोमबार, मङि्सर ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, मातृभूमि सेवा फाउन्डेसनले रत्ननगर–१३ स्थित राष्ट्रिय आधारभूत विद्यालय अमिलियामा अध्ययनरत विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमका बीच न्यानो कपडा (ट्र्याकसुट)  वितरण गरेको छ ।

बढ्दो जाडोलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत १ सय भन्दा बढी विद्यार्थीहरूलाई ट्र्याकसुट प्रदान गरिएको हो।

फाउन्डेसनका अध्यक्ष धर्मेन्द्र सापकोटाले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पुर्‍याउनु संस्थाको उद्देश्य रहेको बताए ।

उनले फाउन्डेसनले यसअघि पनि विद्यालयमा स्कूल ब्याग वितरण गरेको जानकारी दिए ।

प्रमुख अतिथि वडा अध्यक्ष पोटबहादुर घिमिरे, विशेष अतिथि खतिवडा, र सभापति नरहरि पुरीले आ–आफ्नो मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यमा यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए ।

फाउन्डेसनको समन्वय र सहयोगमा आयोजित उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुरीको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नं १३ का वडा अध्यक्ष घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

​कार्यक्रममा विशेष अतिथिको रूपमा धर्मगुरु पुष्कर खतिवडाको पनि उपस्थित रहेको थियो ।

त्यस्तै, अतिथिहरूमा मातृभूमि सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई र मिलेन्द्र भट्टराई रहेका थिए ।

​यसै गरी, कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष युवराज खतिवडा, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेलकुमारी श्रेष्ठका साथै विद्यालय व्यवस्थापन समितिका सदस्यहरू आस्मा खातुन, अनिता प्रजा, लक्ष्मी तामाङ, ज्योति भट्ट र बद्री खतिवडाको उपस्थिति रहेको थियो।

​विद्यालयका प्राचार्य रस्मिता तिवारीले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

न्यानोको कपडा (ट्रयाक सुट) एभरेष्ट वासिङ्ग तथा गार्मेन्ट का सञ्चालक मधु क्षेत्रीले मातृभुमी सेवा फाउन्डेसनलाई प्रदान गरेका थिए ।

न्याने कपडा दिएर सहयोग गर्ने क्षेत्रीलाई फाउण्डेशन र बिद्यालयका तर्फबाट धन्यवाद ज्ञापन गरिएको थियो ।

Page Views: 46
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama