Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालबाट बिदा भए खगेन्द्रप्रसाद र रुद्रकली

- shuvadmin / मङ्गलबार, पुष ०१, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, नेपाल सरकारले पहिलो पटक विदेशलाई उपहार दिने घोषणा गरेका दुई हात्तीलाई नुहाइधुवाइ गरी खादा र मालासहित बिदाइ गरिएको छ ।

कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय भएका खगेन्द्रप्रसाद र रुद्रकली हात्तीलाई चितवनबाट बिदाइ गरिएको हो ।

नेपालले अन्य विभिन्न मुलुकलाई गैंडा उपहार दिएको भए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो ।

खगेन्द्रप्रसाद र रुद्रकलीलाई सोमबार माला र खादा लगाएर बिदा गरिएको छ । ती दुवै हात्ती चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका हुन् ।

ती हात्तीहरूलाई कतारको अलखोर चिडियाखानामा पठाइनेछ । उनीहरू अब आप्mनो बथान छाडेर सुटुक्क नौलो भूमिमा जाने तयारीमा छन् ।

पठाउन लागिएकामध्ये खगेन्द्रप्रसाद भनिने भाले हात्ती र रुद्रकली भनिने पोथी हात्ती हुन् ।

चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा जन्मेका दुवै हात्ती त्यहीँ हुर्काइएका हुन् ।

१ हजार ५ सय किलो तौलको रुद्रकली ७ वर्ष २ महिना उमेरको छ भने १ हजार ६ सय किलो तौलको खगेन्द्रप्रसाद ६ वर्ष १ महिना उमेरको छ ।

रुद्रकली निकुञ्जको हात्ती पूजाकलीको र खगेन्द्रप्रसाद कोशीकली हात्तीका सन्तान हुन् । तर, दुवैका पिता भने जंगली भाले हात्ती हुन् ।

दुवै हात्तीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याएर त्यहाँबाट बुधबार कतार एयरवेजको चार्टर्ड विमानबाट खोरसहित चढाएर कतार लगिने बताइएको छ ।

हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानीसमेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो ।

बुधबार विहान भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्तीहरू हस्तान्तरण गर्ने जनाइएको छ ।

हात्ती लोपोन्मुख वन्यजन्तुअन्तर्गत पर्ने भएकाले यस्ता वन्यजन्तुको ओसारपसार गर्दा दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) पालना गर्नुपर्दछ ।

यी सबै प्रक्रिया पूरा गरेर हात्ती पठाउन लागिएको निकुञ्जले जानकारी दिएको छ ।

२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो ।

नेपालले साइटिसलगायत प्रक्रिया पूरा गरी २०८१ कात्तिक २ गते मन्त्रिपरिषद्बाट एक जोडी हात्ती उपहारस्वरूप प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यही बेला कतार पठाउनका लागि नेपालका तर्फबाट तयारी भएपनि कतारका तर्फबाट कानूनी तथा प्राविधिक कुरा नमिलाइएका कारण कतारका राजा शेखसँग हात्तीहरू लगिएको थिएन ।

किनकि, हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ । महासन्धिमा नेपालले पनि हस्ताक्षर गरेको छ ।

कतारमा हात्ती हुर्काउनका लागि हात्तीसँगै नेपालले एक जना भेटरिनरियन प्राविधिक र दुई जना माउतेसमेत एक महिनाका लागि पठाउन लागिएको छ ।

उनीहरू एक महिनामा हात्ती हुर्काउने तरिका सिकाएर फर्किनेछन् । निकुञ्जले रुद्रकलीका माहुते बुद्धि श्रेष्ठ र खगेन्द्रप्रसादका माहुते पाँचु खाँथारु तथा पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाललाई पनि कतार पठाउँदै छ ।

कतारमा हात्तीको रहनसहन, आहार र हावापानी अनुकूलनबारे नेपालबाट प्राविधिक टोली यसअघि नै पुगेर स्थलगत अध्ययन गरिसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।

बिदाइ कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपाललाई संसारसामु चिनाउन हात्ती उपहारले महत्वपूर्ण भूमिका खेल्ने भएकाले निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

यो निकै संवेदनशील समय हो,’ उनले भने– ‘तर, निराश हुनुपर्ने अवस्था छैन ।’

नेपालमा घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती छन् । जंगली हात्ती ६५ वटाको हाराहारीमा रहेको अनुमान छ ।

सरकारले हालसम्म चीनसहित भारत, अमेरिका, जर्मनी, बंगलादेश, बेलायत र जापानलगायत देशलाई २६ वटा गैंडा उपहार दिइसकेको छ ।

Page Views: 24
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama