Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नयाँ जनभावनाअनुरूपको सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की

- shuvadmin / बुधबार, पुष ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत अभिव्यक्त हुने नयाँ जनभावनाअनुरूपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफूहरू आतुर रहेको बताएकी छन् ।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हाल सरकार सुशासन र निर्वाचनलाई मुख्य एजेन्डा बनाएर अघि बढिरहेको बताइन् ।

उनले गत भदौ २३ र २४ गते जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ राजनीतिक परिस्थिति सिर्जना भएको उल्लेख गर्दै आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकार अहोरात्र खटिएर तयारीका काम धेरै अगाडि बढाइसकेको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षबाट सहयोगको आवश्यकता रहेको भन्दै आ–आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा मुलुकलाई सुरक्षित रूपमा अघि बढाउने एक मात्र विकल्प निर्वाचन नै भएको उनको भनाइ थियो ।

कार्यक्रममा उनले समाजमा कुनै पनि प्रकारको अराजकताले स्थान पाउन नहुने स्पष्ट पार्दै शान्ति खल्बल्याउने, कानून हातमा लिने जस्ता अराजक तथा आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् ।

खराब तत्वको प्रतिरोधमा समुदायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरिन् ।

Page Views: 41
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama