Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रवि र छविको मुद्दा न्यायाधीशद्वय आचार्य र पौडेलको इजलासमा

- shuvadmin / बिहिबार, पुष ०३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

रुपन्देही, सहकारी ठगी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको निवेदनमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

बिहीबार उच्च अदालत बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र तेज नारायण पौडेलको इजलासमा पेसी तोकिएको हो ।

सुप्रिम सहकारीमा भएको ठगीको मुद्दामा लामिछाने र छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।

सो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भागमा पर्ने रकम बराबरको धरौटी राखी थुनामुक्त हुन निवेदन दिएका थिए ।

तर, रुपन्देही जिल्ला अदालतले लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुगेका हुन् ।

रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले उनलाई धरौटी रकम लिई थुनामुक्त गर्न अस्वीकार गरेपछि उनी त्यसै निवेदनको पुनरावेदन लिई उच्च अदालत बुटवल पुगेका थिए ।

ठगी वा लेनदेनका मुद्दा मिलापत्रमा टुङ्गिन सक्ने र तिर्नुपर्ने रकम तिरेमा जुनसुकै बेला मुद्दा फिर्ता हुन सक्ने सर्वोच्चको अघिल्ला फैसलामा भनिएको छ ।

सोही नजिर अनुसार नै लामिछानेले आफ्नो भागमा परेको रकम तिरेर थुनामुक्त हुन निवेदन दिएका थिए ।

तर, लामिछानेविरुद्ध संगठित अपराधमा समेत मुद्दा दायर भएकाले थुनामुक्त गर्न नसकिने भन्दै लामिछानेको निवेदन रुपन्देही जिल्ला अदालतले खारेज गरिदिएको थियो ।

यसअघिको पेसीमा लामिछानेको निवेदन हेर्न नमिल्ने न्यायाधीशको इजलासमा परेको थियो ।

त्यतिबेला स्थगित भएको उक्त पेसी बिहीबार भने हेर्न नमिल्ने न्यायाधीशबाहेकबाट गोला तान्दा न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासमा परेको हो ।

बिहीबार अन्य आदेश नभएको अवस्थामा लामिछानेको निवेदनमाथि आदेश आउने छ ।

आदेशमा धरौटी लिई थुनामुक्त गर्नु भन्ने आदेश आएमा लामिछाने थुनामुक्त हुनेछन् भने जिल्लाकै आदेश सदर भएमा उनी थुनामै रहेर मुद्दा लड्नुपर्नेछ ।

यद्यपि उच्च अदालतले समेत रिहा नगरेमा लामिछाने सर्वोच्च अदालतमा पुनरावेदनका लागि आउन भने सक्नेछन् ।

Page Views: 86
संबन्धित शिर्षकहरु
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama