Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एमालेमा ओलीपछिको वरीयतामा माओवादी पृष्ठभूमिका बादल

- shuvadmin / शुक्रबार, पुष ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कमिटीमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई दोस्रो वरीयतामा राखिएको छ ।

उपाध्यक्षमा ५ जना निर्वाचित भएकोमा माओवादी पृष्ठभूमिका बादललाई दोस्रो वरीयतामा राखिएको हो ।

दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा बादल पाँचौँ वरीयतामा थिए ।

एमालेको एघारौँ महाधिवेशनपछि आज शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक थापाथलीस्थित कार्की ब्यांकेटमा बसिरहेको छ ।

बैठकमा अध्यक्ष ओलीको दाहिनेतिर पहिलो नम्बरमा बादल बसेका छन् भने त्यसपछि क्रमशः विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त छन् ।

पौडेल यसअघि छैटौँ वरीयतामा रहेका थिए । उनी अहिले तेस्रो वरियतामा पुगेका छन् ।

गुरुङ उपमहासचिवबाट उपाध्यक्ष बनेका हुन् । सचिवबाट उपाध्यक्षमा फड्को मारेका विष्ट यसअघि १४औँ वरीयतामा थिए ।

पन्त स्थायी कमिटी सदस्यबाट सिधै उपाध्यक्ष बनेका हुन् । उनी दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

त्यतिबेला उनी एमाले केन्द्रीय कमिटीमा २३औँ नम्बरमा थिए । ओलीले अघि सारेका प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि उनलाई चिट्ठा परेको हो ।

Page Views: 77
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama