Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आफैंले बनाएको कार्कीे सरकार विस्थापन गर्न जेन–जीले थाले आन्दोलन

- shuvadmin / सोमबार, पुष ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेन–जी संयुक्त आन्दोलनले आफूहरूको माग पूरा नगरेको भन्दै सुशीला कार्की सरकार विस्थापनलगायतका विभिन्न माग राख्दै सोमबारदेखि आन्दोलन शुरु गर्ने घोषणा गरेको छ ।

जेन–जीको नाममा गठन भएको सरकार विस्थापन गर्ने मामिलामा आफूहरू एक ठाउँमा रहेको उनीहरूले बताएका छन् ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी जेन–जी संयुक्त आन्दोलनले सरकारविरुद्ध निर्णायक आन्दोलन शरुरु गर्न लागेको बताएको हो ।

पत्रकार सम्मेलनमा जेन–जी अभियन्ता मिराज ढुंगानाले सुशीला कार्की सरकारको विस्थापन आफूहरूको एकसूत्रीय एजेन्डा भएको बताए ।

‘हामी यहाँ थुप्रै धारका मान्छे छौं, सबैको असन्तुष्टि र साझा निष्कर्ष वर्तमान सरकारलाई अपदस्थ गर्न एकदम जरुरी भएको छ,’ ढुंगानाले भने– ‘प्रधानमन्त्री सुशीला कार्कीले देशको हितका लागि केही पनि गर्नसक्नुभएन । त्यसैले उहाँको विस्थापन जरुरी भइसक्यो ।’

ढुंगानाले सर्वपक्षीय सरकार गठन गरेर जेन–जी आन्दोलनका माग पूरा गर्नुपर्ने बताए । ‘हामीले जेन–जी विद्रोहीलगायत देशको हित सोच्ने सबैलाई एक ठाउँमा ल्याएका छौं ।

त्यसैले भोलि सशक्त रूपमा संघर्षमा उत्रेर आन्दोलनलाई न्याय दिन्छौं,’ ढुंगानाले भने– ‘बोल्ने धेरै बोल्यौं, काम भोलिदेखि देखिन्छ ।’

ढुंगानाले जेन–जी आन्दोलनको बलमा बनेको सरकारले सय दिनमै औचित्य गुमाएकाले विकल्प खोज्नुपर्ने निष्कर्षमा पुगेको प्रस्ट पारे ।

‘सुशीला कार्की प्रधानमन्त्री खानमात्र आउनुभएको रहेछ, हामीलाई धोका भयो ।

सरकार औचित्यहीन बनिसकेको छ,’ ढुंगानाले भने– ‘हामीले यो सरकारको विकल्प खोज्ने छौं, सर्वपक्षीय सरकार गठनका लागि दबाब दिन भोलि ११ बजेबाट हाम्रो शान्तिपूर्ण आन्दोलन सुरु हुन्छ ।’

सुशीला कार्की प्रधानमन्त्री खानमात्र आउनुभएको रहेछ, हामीलाई धोका भयो । सरकार औचित्यहीन बनिसकेको छ, हामीले यो सरकारको विकल्प खोज्ने छौं ।

Page Views: 143
संबन्धित शिर्षकहरु
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
ताजा अपडेट
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • स्वास्थ्य क्षेत्रको समाचारमा मिडिया संवेदनशील हुन आवश्यकः सरोकारवाला
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama