Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, मङि्सर ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौँ उपत्यकामा शैक्षिक हड्ताल घोषणा, विद्यालय सञ्चालनबारे अन्योलता

- shuvadmin / सोमबार, पुष ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जनपक्षीय विद्यार्थी युनियन, नेपालले १८ बुँदे माग राख्दै आज काठमाडौँउपत्यकामा शैक्षिक हड्ताल घोषणा गरेको छ ।

हड्तालको घोषणापछि उपत्यकाका शैक्षिक संस्थाहरू अन्योलमा परेका छन् ।

हड्ताल घोषणा गर्ने जनपक्षीय विद्यार्थी युनियन नेकपा जनपक्ष पार्टी निकट विद्यार्थी संगठन भएको बताइएको छ ।

संगठनले निजी विद्यालयले लिँदै आएको शुल्कमा तत्काल ५० प्रतिशत कटौती गर्नुपर्ने मुख्य माग अघि सारेको छ ।

युनियनका अनुसार विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले मतदान गर्न पाउनुपर्ने, शिक्षामा निःशुल्क पहुँच सुनिश्चित गर्नुपर्ने लगायतका १८ बुँदे माग राख्दै शैक्षिक हड्तालको घोषणा गरिएको हो ।

यता निजी विद्यालयका छाता संगठन प्याब्सन र एनप्याब्सनले भने शैक्षिक हड्तालबारे कुनै औपचारिक निर्णय नगरेको जनाएका छन् ।

निजी विद्यालय सञ्चालकहरूले अहिलेसम्म आधिकारिक रूपमा विद्यालय बन्दको घोषणा नगरेकाले आजको पठनपाठन अन्योलमै रहेको छ ।

Page Views: 191
संबन्धित शिर्षकहरु
बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
ताजा अपडेट
  • बाजुरामा प्रसूति समस्यामा परेकी महिलाको हवाई उद्धार
  • गैरहाजिर झण्डै डेढ दर्जन प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन
  • चिनियाँ हाइब्रिड धानको परीक्षण तथा प्रदर्शन
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama