Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

निर्जीवन वीमा कम्पनीहरुले संकलन गरे रु.१९.४८ अर्ब प्रिमियम, वीमाको माग बढ्दा व्यवसायमा टेवा

- shuvadmin / शनिबार, पुष १२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जेनजी आन्दोलनका कारण प्रभावित बनेका निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले चालु् आवको ५ महिनासम्ममा १९ अर्ब ४८ करोड ९६ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।
निर्जीवन बीमकहरुले उठाएको यो प्रिमियम रकम गत आवको सोही अवधिसम्मको तुलनामा १३.४६ प्रतिशत बढी हो ।

गत आवको मंसिर महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब १७ करोड ७७ लाख रुपैयाँ प्रिमियम उठाएका थिए ।

जेनजी आन्दोलनले गर्दा निर्जीवन बीमा कम्पनीहरुमा अबौैं रकमको बीमा दाबी पर्दा बीमकहरुको नाफामा ठूलो प्रभाव परेको थियो ।

जेनजी आन्दोलनसँगै बाढी पहिरोले धनसम्पत्तिमा क्षति पुग्दा निर्जीवन बीमा कम्पनीहरुलाई ठूलो दाबी भुक्तानी गर्नुपर्ने दायित्वले नाफा प्रभावित बनेको छ ।

तर, यस्ता प्राकृतिक घटना र हुलदंगाबाट प्रभाव सर्वसाधारणको धनसम्पत्तिमा ठूलो क्षति पुग्ने भएकाले बीमा प्रतिको चेतना र माग बढ्न थालेको छ ।

सवारी, सम्पत्ति, कृषि जस्ता क्षेत्रमा प्रत्यक्ष प्रभाव परेकाले जोखिम भएपछि होइन, जोखिम अघि नै सुरक्षा भन्ने सोच जनमानसमा फैलिन थालेको छ ।

जसकारण अहिले निर्जीवन बीमा कम्पनीहरुको बीमालेख बिक्रीमा वृद्धिदर देखिन थालेको छ ।

सो अवधिसमम सरकारी स्वामित्वमा रहेको कम्पनी राष्ट्रिय बीमा कम्पनी र दि ओरियन्टल इन्स्योरेन्स बाहेक सबैको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढेको छ ।

सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ ।

यो कम्पनीले २ अर्ब २१ करोड ९२ लाख रुपैयाँ प्रिमियम भित्र्याइएको छ । जुन गत आवको तुलनामा ०।८८ प्रतिशत बढी हो ।

त्यस्तै, शिखर इन्स्योरेन्सले २ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको यो व्यवसाय गत आवको सोही अवधिसम्मको तुलनामा २३.४१ प्रतिशत बढी हो ।

यसका साथै हिमालयन एभरेष्टले २ अर्ब, सिद्धार्थ प्रिमियरले १ अर्ब ८६ करोड, आइजीआई प्रुडेन्सियलले १ अर्ब ६६ करोड, एनएलजीले १ अर्ब ५७ करोड, नेको इन्स्योरेन्सले १ अर्ब ४३ करोड, युनाइटेड अजोडले १ अर्ब ३१ करोड, सानिमा जिआइसीले १ अर्ब २२ करोड, ओरियन्टल इन्स्योरेन्सले १ अर्ब ११ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब १ करोड, प्रभु इन्स्योरेन्सले ७९ करोड ८५ लाख, नेशनल इन्स्योरेन्सले ६० करोड ६८ लाख र राष्ट्रिय बीमा कम्पनीले ४९ करोड ३० लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

Page Views: 31
संबन्धित शिर्षकहरु
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama