Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुन गर्छन कालिज पालनबाट बार्षिक ३० लाखको कारोबार

- shuvadmin / आइतबार, पुष १३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगन्ज, राप्तीसोनारी गाउँपालिका –२, मदुईका उदयाराम पुनले कालिज पालनबाट बार्षिक ३० लाख रुपियाँभन्दा बढीको कारोबार गरेर गाउँमै बसेर विदेशभन्दा धेरै बढी पैसा कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् ।

पाँच वर्षअघि २०० वटा कालिजबाट व्यवसाय शुरु गरेका पुनसँग अहिले एक हजार ५०० भन्दा बढी कालिज छन् ।

उनले गत वर्ष करिब ३० लाख रुपियाँको कारोबार गरेको जनाउँदै यस वर्ष सो बृद्धि भएर ३५ देखि ४० लाख रुपियाँसम्मको कारोबार हुने आशा गरिएको बताए ।

पटक–पटक विदेश जान खोज्दा दलालको ठगी र रकम अभावले जान नसकेपछि वैदेशिक रोजगारीको विकल्प खोज्दै गाउँमै कालिज पालन व्यवसाय शुरु गरेका पुनले कालिज पालनबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको बताए ।

उनका अनुसार कालिजको माग अत्यधिक रहेको हुँदा माग बढेसँगै उत्पादन बढाउँदै लगिएको छ ।

व्यवसायको सुरुवाती चरणमा निकै समस्या झेल्नु परेको पुनको अनुभव छ ।

पहिलो पटक दाङबाट ल्याइएका २०० चल्लामध्ये १५० भन्दा बढी मरेपछि हिम्मत नहारेर सिक्दै अघि बढेर यहाँसम्म पुगेको उनले बताए ।

दुई कठ्ठा जग्गामा व्यवस्थित फार्म सञ्चालन गर्दै आउनुभएका पुनले आफ्नै ह्याचरी मेसिन समेत जडान गरेका छन् ।

उनले आफ्नै फार्ममा उत्पादन भएका कालिजका चल्ला बाँके र बर्दियालगायत कर्णाली प्रदेशका सुर्खेत, कालीकोट, जुम्ला र दैलेखसम्म पठाइरहेका छन् ।

पुनका अनुसार एक दिनको चल्ला प्रतिगोटा २५० रुपियाँमा बिक्री हुनेगरेको छ ।

भाले कालिज दुई हजार ५०० र पोथी कालिज एक हजार २५० रुपियाँ किलोमा बिक्री भइरहेको छ ।

बाँकेका होटलमा कालिजको मासु विशेष परिकारका रूपमा लोकप्रिय बन्दै गएपछि माग बढेको जनाइएको छ ।

हाल पुनले ८० पोथी र २५ भाले बीउका लागि छुट्टै राखेका छन् । आउँदो फागुनदेखि थप चार कठ्ठा जग्गामा व्यवसाय विस्तार गर्ने तयारी गरिरहेको उनले बताए ।

सोही प्रकारले कालिज पालनमा कोहलपुरकी सरिता थापाजस्ता अन्य उद्यमी पनि संलग्न छन् ।

उनीसँग हाल ५०० कालिज बिक्रीका लागि तयार रहेको थापाले बताए । जाडोको मौसममा कालिजको माग अत्यधिक हुने गरेको उनले बताए ।

व्यवसायमा संलग्न कृषकहरुका अनुसार बाँकेमा कालिज पालन वैकल्पिक आयआर्जनको माध्यमका रूपमा विकसित हुँदै गएको छ ।

Page Views: 49
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama