काठमाण्डू, साताको दोस्रो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक ०.४० प्रतिशत अर्थात १०.५३ अंकले घटेर २ हजार ६२२.८८ विन्दूमा सीमित बनेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३२ प्रतिशतले घटेर ४५५.३१ विन्दूमा झरेको छ ।
यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा स्क्रिप्टको १ करोड ३७ लाख ३०७ कित्ता सेयर ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज विकास बैंक र म्युचुअल फण्ड समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.६७ र ०.२५ प्रतिशतले बढे ।
यो दिन जीवन बीमा समूह सर्वाधिक अर्थात ०.८५ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३८, फाइनान्स ०.०४, होटल ०.१२, हाईड्रो ०.७८, लगानी ०.२२, उत्पादन तथा प्रशोधन ०.०१, लघुवित्त ०.०८, निर्जीवन ०.२२, अन्य ०.८२ र व्यापार ०.६३ प्रतिशतले घट्यो ।