Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चिप्लोले दाउन्ने सडक जोखिमपूर्ण, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

- shuvadmin / बुधबार, पुष १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

पश्चिम नवलपरासी, नारायणघाट–बुटवल सडक विस्तार योजनाअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा सवारी आवागमन निकै कष्टकर बनेको छ ।

निर्माणाधीन सडकमा पछिल्लो केही दिनदेखि शीतलहरका कारण सडक सतह अत्यन्तै चिप्लो भएपछि यात्रा जोखिमपूर्ण बनेको हो ।

सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (पश्चिम खण्ड) का अनुसार, हाल उक्त क्षेत्रमा पक्की ढलान र कल्भर्ट निर्माणको काम भइरहेको छ ।

निर्माण कार्य जारी रहेकै अवस्थामा मौसम प्रतिकूल बन्दा सडकमा हिलो र चिप्लो बढेको हो ।

सडक चिप्लो भएका कारण विशेष गरी मालवाहक ट्रक, बस र साना निजी सवारी साधनहरू उकालोमा चिप्लिने, हिलोमा अड्किने र बिग्रिने क्रम बढेको छ ।

यसले गर्दा दाउन्ने पहाडमा लामो समयसम्म सवारी जाम हुने र यात्रुहरूले सास्ती व्यहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

बढ्दो जोखिमलाई मध्यनजर गर्दै आयोजना कार्यालयले सूचना जारी गरी अत्यावश्यक बाहेकका सवारी साधनहरूलाई सम्भव भएसम्म वैकल्पिक सडक प्रयोग गर्न, सडक प्रयोग गर्नै परेमा अत्यन्तै सावधानी अपनाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न, आग्रह गरेको छ ।

Page Views: 40
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama