Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख ०५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

जापानले सुम्पेको गौरवको सडक अहिले बगरमा परिणत, पुनर्निर्माणमा अन्योल

- shuvadmin / बिहिबार, पुष १७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिन्धुली, गत वर्षको असोज दोस्रो साता आएको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गतको कटुञ्जेबेशी, मंगलटार र नेपालथोक सडकखण्ड हाल डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ।

बाढीले मुख्य सडक नै बगाएपछि यस वर्ष खोलाको बगरमा अस्थायी सडक निर्माण गरी सवारी आवतजावत मिलाइएको हो।

खोलाबाटै बनाइएको अस्थायी सडकमा यात्रा गर्दा जोखिम हुनुका साथै यात्रुहरूले क्षतिग्रस्त खण्ड पार गर्न पहिलेभन्दा धेरै समय खर्चनुपर्ने बाध्यता छ।

धुलाम्य सडकमा धूलो नियन्त्रणका लागि पानी हाल्दा बाटो चिप्लो हुने भएकाले सवारी साधन दुर्घटना हुने सम्भावना समेत उत्तिकै बढेको छ।

डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार बिपी राजमार्गका विभिन्न खण्डहरूको स्थायी पुनर्निर्माणका लागि करिब ९ अर्ब ६६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

कार्यालयले भकुण्डेदेखि नेपालथोकसम्मको क्षतिग्रस्त खण्डहरूको विस्तृत अध्ययन गरी उक्त रकम लाग्ने जनाए पनि हालसम्म आवश्यक स्रोत (बजेट) भने सुनिश्चित हुन सकेको छैन।

यस राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालढुङ्गासम्मको १२ किलोमिटर सडकखण्डमध्ये ८ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण शुरु गरिएको १६० किलोमिटर लामो यो राजमार्ग खण्ड(खण्ड गरी निर्माण गरिएको थियो।

झण्डै २० वर्ष लगाएर निर्माण सम्पन्न भएपछि २०७२ असार १८ गते जापान सरकारले औपचारिक रूपमा यसलाई नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।

Page Views: 54
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama