Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अब टुलुटुलु हेरेर बसिन्न, पुसको अन्तिम साता विशेष महाधिवेशन हुन्छ : महामन्त्री थापा

- shuvadmin / शनिबार, पुष १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पुसको अन्तिम सातासम्म पार्टीको विशेष महाधिवेशन हुने दाबी गरेका छन् ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री थापाले सो कुरा बताएका हुन् ।

त्यसो त आजकै बैठकले आगामी ०८३ वैशाख अन्तिम साता १५औँ महाधिवेशन गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।

तर, महामन्त्री थापाले भने आफूहरु केही नेताहरुबाहेक अन्य कार्यसम्पादन समितिका सदस्यहरुले बहुमतका आधारमा उक्त प्रस्ताव पारित गरिएको बताए ।

उनले बहुमतका आधारमा केन्द्रीय कार्यसम्पादन समितिले बहुमतका आधारमा नयाँ मिति तय भएपनि विधानका धारा १७(२) अनुसार विशेष महाधिवेशन हुने बताए ।

‘विधानको १७(२) बमोजिम हामी काम गर्छौ, टुलुटुलु हेरेर बस्दैनौँ । पुसको अन्तिम साता कांग्रेसको विशेष महाधिवेशन हुन्छ, देशभरका साथीहरु आउनुहुन्छ ।’

त्यस्तै विशेष महाधिवेशनका लागि आफ्नै कार्यविधि बनाउने अधिकार रहेको बताउँदै सोही अनुसार अघि बढ्ने बताए ।

‘विशेष महाधिवेशनले आफ्नो कार्यविधि आफैँले बनाउन पाउँछ भन्ने विधानमा व्यवस्था रहेका कारण सोही अनुसार हुन्छ,’ उनले भने ।

Page Views: 34
संबन्धित शिर्षकहरु
आगलागीमा करोडाैंको क्षति
आज मातातीर्थ औंसी मनाइँदै
केहि स्थानमा वर्षा र हिमपात हुने
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama