सङ्खुवासभा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अब निर्वाचनतिर प्रवेश गरिसकेको बताएका छन् ।
सङ्खुवासभामा आयोजित पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् । उनले अब सर्वपक्षीय वा सर्वदलीय सरकार बन्ने सम्भावना नभएको बताए ।
संयोजक दाहालले भने, ‘सबै राजनीतिक दल निर्वाचनमा लागिसकेका छन् । हिजोसम्म संसद् पुनर्स्थापना माग गर्ने दलहरू पनि अहिले निर्वाचनतिर सरेका छन् ।
जेनजीका केही समूहहरूले आफ्ना माग राख्दै आएका थिए । तर नीति र अभ्यासले देखाएको छ कि अहिले निर्वाचन नै विकल्प हो ।’
उनले सबै दलहरूले समानुपातिक बन्द सूची बुझाइसकेकाले यही सरकारले फागुन २१ मा निर्वाचन गराउने दाबी पनि गरे ।