Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, जेठ १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सेयरबजारको ओरालो यात्रा आजपनि जारी, २ हजार ६१०.६३ विन्दूमा सीमित

- shuvadmin / आइतबार, पुष २०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले घटेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से)परिसूचक ०.३९ प्रतिशत अर्थात १०.२९ अंकले घटेर २ हजार ६१०.६३ विन्दूमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले घटेर ४५१.०७ विन्दूमा झरेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर ५ अर्ब १ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये तीनवटा बाहेक अन्य सबैमा रातो पोतियो । आज उत्पादन तथा प्रशोधन समूह १.०४ प्रतिशत, होटल ०.६२ र व्यापार ०.३४ प्रतिशतले बढ्यो ।

अन्य समूह आज सर्वाधिक अर्थात १.६९ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.१४, विकास बैंक ०.८०, फाइनान्स ०.१३, हाईड्रो ०.४९, लगानी ०.३२, जीवन बीमा ०.८८, लघुवित्त ०.३२, म्युचुअल फण्ड ०.२९ र निर्जीवन बीमा ०.८६ प्रतिशतले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एसवाईपी प्यानलको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ३० करोड ६५ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, श्रीनगर एग्रीटकेको २२ करोड ८८ लाख, बुटवल पावरको १२ करोड २३ लाख, बन्दीपुर केवलकारको २२ करोड १३ लाख र एनआईसी एशिया बैंकको २१ करोड ९४ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको दुईवटा मात्रै कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

आज विन नेपाल लघुवित्त र श्रीनगर एग्रीटेकको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।

यस्तै सान्भी इनर्जीको सेयरमूल्य ९.१६, सागर डिस्टिलरीको सेयरमूल्य ७.८३ र युनाइटेड इदी मर्दीको सेयरमूल्य ७.७० प्रतिशतले बढ्यो ।

यो दिन न्यादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ४.३२ प्रतिशतले घट्यो। नेपाल हाईड्रो डेभलपर्सको सेयरमूल्य पनि आज ४.३१ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।

Page Views: 72
संबन्धित शिर्षकहरु
आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
यस्ताे छ विदेशी मुद्राको विनिमय दर
आजका लागि कृषि उपजको अधिकतम थोक मूल्य यस्ताे छ
ताजा अपडेट
  • आज सातै प्रदेशमा पानी पर्ने
  • जिप दुर्घटनामा दुईको मृत्यु तीनजना घाइते
  • आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक
  • वैदेशिक अध्ययनका लागि एनओसी लिनेकाे संख्या बढ्दाे
  • वायु सेवा निगम परिसरमा रूख ढल्खा समस्या
  • आज १९ औं गणतन्त्र दिवस मनाइँदै
  • आज पनि मेघगर्जन र हुरीसहित वर्षाकाे सम्भावना
  • केयरगिभरमा इजरायल जान के-के चाहिन्छ ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama