Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि, कति महिनाको आयात धान्न पर्याप्त ?

- shuvadmin / शुक्रबार, पुष २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा वृद्धि भएको छ।

२०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले बढेर २०८२ मङ्सिर मसान्तमा रु. ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

अमेरिकी डलरमा मापन गर्दा, विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३।५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड डलर पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकसँग रहेको सञ्चिति २०८२ असार मसान्तमा रु. २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा १८.७ प्रतिशतले वृद्धि भई २०८२ मङ्सिर मसान्तमा रु.२८ खर्ब ६६ अर्ब ४७ करोड पुगेको छ। त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति सोही अवधिमा २७.४ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ६३ अर्ब ४ करोडबाट रु. ३ खर्ब ३५ अर्ब पुगेको छ।

२०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ।

सञ्चिति पर्याप्तता

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनासम्मको आयातलाई आधार मान्दा, बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात तथा १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

यसैगरी, २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात ५२.४ प्रतिशत, कुल आयातसँगको अनुपात १५१.९ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३९.४ प्रतिशत पुगेको छ।

२०८२ असार मसान्तमा यी अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए।

Page Views: 128
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्याे
आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
५० रुपैयाँको नयाँ नोट बजारमा
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
  • रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
  • आज कोशी, बागमती र गण्डकी प्रदेशको केहि भू-भागमा भारी वर्षा हुने
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama