काठमाण्डू, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा महामन्त्री थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति स्रोतले जनाएको छ ।
सभापतिमा थापाको मात्रै मनोनयन दर्ता भएको पनि स्रोतको भनाइ छ ।
यसैगरी अन्य सबै पदाधिकारीका लागि पनि मनोनयन दर्ता भइसकेको स्रोतले जनाएको छ ।
मनोनयन दर्ताको समय सकिएसँगै उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।
‘मनोनयन दर्ताको समय सकियो । अब उम्मेदवारहरूको नामावली १ बजे सार्वजनिक गर्छौं’ निर्वाचन समितिका संयोजक सीताराम केसीले भने ।