Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चुनाव हुने/नहुने अनिश्चिततामाझ संसद पुनर्स्थापना नै सुरक्षित बाटो : महासचिव पोखरेल

- shuvadmin / बिहिबार, माघ ०२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

दाङ, नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले देशमा चुनाव हुने वा नहुने भन्ने अनिश्चितता कायम रहेको अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै स्पष्ट र सुरक्षित बाटो भएको बताएका छन् ।

प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनाव हुने स्थिति बने एमाले सहभागी हुने स्पष्ट पारे ।

अराजकता र लोकप्रियतावादले लोकतन्त्र कमजोर हुने भएकाले सचेत हुन आह्वान गरेका हुन् ।

यस्तै दलहरू फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि फाइदाजनक हुने उनले बताए ।

कांग्रेसभित्र देखिएको विवादले लोकतन्त्रमा गम्भीर असर पर्न सक्ने टिप्पणी गर्दै उनले रवि लामिछानेको मुद्दा फिर्ता लिनेजस्ता गतिविधिले सरकार कहाँबाट सञ्चालित छ भन्ने प्रश्न उठाएको धारणा राखे ।

यस्ता गतिविधिले निर्वाचनको वातावरण कमजोर बनाउने उनको भनाइ छ ।

समाजमा अहिले पनि शान्ति र सुरक्षाको प्रत्याभूति नहुनु चिन्ताजनक रहेको उल्लेख गर्दै पोखरेलले लुटिएको हतियार संकलन, भगाइएका कैदी फिर्ता ल्याउने, प्रहरीको मनोबल वृद्धि गर्ने काममा सरकार तल्लिन हुनुपर्ने सुझाव दिए ।

प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेल, मुख्यमन्त्री तथा एमाले केन्द्रीय सदस्य चेतनारायण आचार्य, केन्द्रीय सदस्य तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, केन्द्रीय सदस्य सुजिता शाक्य, मेनका पोखरेल, घनश्याम पाण्डे, कोमल वली, केन्द्रीय लेखा आयोग सदस्य रेवतीरमण शर्मा लगायतलाई चौतारी दाङले सम्मान गरेको थियो ।

Page Views: 48
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama