Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उच्च अंकको वृद्धिका साथ २७ सय विन्दूमाथि उक्लियो नेप्से, कारोबार ११.८५ अर्ब

- shuvadmin / मङ्गलबार, माघ ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साताको तेस्रो कारोबार दिन आज सेयरबजार उच्च अंकले बढेको छ ।

आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक १.५८ प्रतिशत अर्थात ४२.२६ अंकले बढेर २ हजार ७१४.८१ विन्दूमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० प्रतिशतले बढेर ४६७.२५ विन्दूमा पुगेको छ ।

यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको २ करोड ५१ लाख ८५ हजार ६४७ कित्ता सेयर ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज होटल समूह सर्वाधिक अर्थात ३.३६ प्रतिशतले बढ्यो ।

यस्तै बैंकिङ समूह १.२४, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स ०.९७, होटल ३.३६, हाईड्रो १.७७, लगानी २.५४, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.३९, लघुवित्त १.५४, म्युचुअल फण्ड १.०४, निर्जीवन बीमा १.६५, अन्य १.४४ र व्यापार समूह ०.३७ प्रतिशतले बढ्यो ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ७९ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, राधी विद्युतको ३९ करोड ३ लाख, मन्जुश्री फाइनान्सको ३७ करोड ७ लाख, ग्रीन भेन्चर्सको ३० करोड १३ लाख र एसवाई प्यानलको २६ करोड ८७ लाख बढीको सेयर कारोबार भयो ।

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएको एउटा कम्पनीको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो।

आज गोर्खाज फाइनान्सको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।

यसैगरी, आँखुखोला जलविद्युतको सेयरमूल्य ८.१३ प्रतिशत, राप्ती हाईड्रोको ७.८७ र नेशनल हाईड्रोपावरको सेयरमूल्य ७.३२ प्रतिशतले बढ्यो ।

सुपरमादी हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ३.४३ प्रतिशतले घट्यो।

Page Views: 120
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य बढ्याे
आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
५० रुपैयाँको नयाँ नोट बजारमा
ताजा अपडेट
  • पोखरामा चाडपर्वलाई लक्षित सुपथ मूल्य पसल सञ्चालन
  • समस्याग्रस्त ४ सहकारीबाट १०५ जनाले रकम फिर्ता पाए
  • आज कांग्रेस पालिका तहको अधिवेशन हुँदै
  • इन्द्रजात्रा पर्वकाे औपचारिक सुरुवात
  • आजदेखि फ्लाई दुबईले पोखरा रुटमा नियमित उडान गर्दै
  • काभ्रेमा भारी वर्षाकाे सम्भावनालाई दृष्टिगत गर्दै उच्च सतर्कता अपनाउन आग्रह
  • महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिँदै बिबस पौडेल, गुटबन्दी अन्त्य र संगठन सुदृढीकरणको एजेन्डा
  • नेपाली कम्युनिस्ट पार्टीकाे संयोजन समितिको बैठक बस्दै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama