Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

त्रिशूलीमा गडेको बस निकाल्न सकेन, कटिङ आवश्यक : विज्ञ

- shuvadmin / बिहिबार, माघ ०९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नारायणगढ, डेढ वर्ष अघि त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस नदी किनारमा भेटिए पनि त्यसलाई निकाल्न सकिएको छैन ।

नारायणगढ मुग्लिन सडकको भरतपुर महानगर पालिाका वडा नम्बर २९ को सिमलतालबाट त्रिशूलीमा खसेको बस दस दिन अघि घटनास्थल नजिकै त्रिशूली नदी किनारमा भेटिएको थियो ।

बसको माथिल्लो भाग देखिएपछि निकाल्न लागेको उद्धार टोलीलाई अहिलेसम्म सफलता हात लाग्न सकेको छैन ।

नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्राविधिक टोली नियमित बस निकाल्न लागे पनि निकाल्न नसकिएको हो ।

नेपाली सेना नयाँ सबुज गणका क्याप्टेन दिपराज राउत भौगोलिक कठिनाई, उपकरणको अभावमा बस निकाल्न नसकिएको बताए ।

“बस भेटिएको ठाउँ भौगोलिक दृष्टिले कठिन ठाउँमा छ । त्यहाँ सजिलै थप ठुला उपकरणहरु लैजान पनि सकिदैन ।

अहिलेकै उद्धार प्रणलीले बसलाई निकाल्न पनि सकिदैन” उनले भने।

चितवन र तनहुँका सेनासगै प्रहरी र सशस्त्र प्रहरी उद्धारमा छन् । बस निकाल्न क्रियाशिल सशस्त्र प्रहरीका हवल्दार गोताखोर ललितबहादुर खाम्चाले नदी गहिराई भन्दा तल्लो भागसम्म बस पुरिएको र बस भित्र बालुवा भरिएकाले निकाल्न गाह्रो भएको जानकारी दिए ।

“तनहुँका टायर कान्छा भन्ने प्राविधिको टोली र बुटवलको प्रविधिका टोलीले बस निकाल्ने प्रयास गरे पनि त्यो सहज अवस्थामा निकाल्न सकिएन”, उनले भने ।

उनका अनुसार अहिले टायर कान्छाको टोलीले चेन पुल्ली र घिर्नीको साहराले वस निकाल्न लागेको थियो भने बुटवलको प्राविधिक टोलीले हाइड्रोलिगको माध्यमवाट वस निकाल्न लागेको थियो । तर, त्यो असफल भएको छैन ।

२०८१ असोज २८ गते ६५ यात्रु बोकेको बाग्मती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स र बाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस त्रिशूली नदीमा खसेर बेपत्ता भएका थिए ।

सो बसमा सवार २३ जनाको मृत्यु र ३९ जना बेपत्ता छन् । बेपत्ता बसमध्ये गणपति डिलक्सको बस सिमलताल नजिकै तनहुँ तर्फी भागमा त्रिशूली नदी किनारमा गत पुस २७ गते फेला परेको थियो ।

अहिले वस निकाल्न भइरहेको प्रयास असफल भएपछि प्राविधिक टिम पनि उदास भएका छन् ।

सशस्त्र प्रहरी हवल्दार गोताखोर खाम्चाले बस निकाल्न अहिलेको प्रविधिको काम रोकेर ‘ग्याँस कटिङ’को माध्यमवाट निकाल्न सकिने सुझाव दिए ।

“अब बसलाई टुक्राटुक्रा बनाएर निकाल्नुको विकल्प छैन । यो भनेको कटिङ गरेरै निकाल्ने हो”, उनले भने।

सेनाका विपद् प्रतिकार्य टोलीमा कार्यरत क्याप्टेन राउत भौगोलिक अवस्था अनुसार ठूला उपकरण लैजान सकियो भने वस निकाल्न सकिने बताए ।

“अब त्यो ठाउँमा ठुला उपकरणहरु लगेर पनि बस निकाल्न जरुरी छ”, उनले भने। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले बस निकाल्न नयाँ प्रविधिको खोजी भइरहेको बताए ।

“अहिलेसम्मका प्रयास असफल जस्तै भयो । बिहीबार यसलाई सहज तरिकाले कसरी निकाल्न सकिन्छ भनेर चितवन र तनहुँका प्रमुख जिल्ला अधिकारीसहितको विज्ञहरुको छलफल घटनास्थलमै गराउदै छौं”, उनले भने ।

Page Views: 71
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama