काठमाण्डू, लगातार तीन दिनसम्म ऐतिहासिक उचाई पुगेको सुनको भाउमा आज गिरावट आएको छ ।
स्थानीय बजारमा आज सुनको मूल्यमा २ हजार ९ सय रुपैयाँको ह्रास आएका छ ।
यससँगै सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँमा सीमित बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा उछाल आउँदा स्थानिय बजारमा सुनको भाउले लगातार ३ दिन रेकर्ड कायम गरेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी ५० रुपैयाँले ओरालो लाग्दै प्रतितोला ५ हजार ८७० रुपैयाँमा कारोबार हुँदैछ ।