अहिले मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाे छ । जसका का।ण देशकाे विभिन्न स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधरणतया बादल लागेकाे र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेस प्रदेशका भूभागमा साधरणतया बादल लाग्नेछ भने कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई भूभागकाे मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ । कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।