काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडिओ) छवि रिजाल पक्राउ परेका छन् । आज बिहान उनलाई काठमाडाैंकाे सुविधानगरबाट पक्राउ गरिएकाे हाे ।
उनलाई बिहान सुविधानगरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलिले पक्राउ गरेको थियाे । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंका सीडिओ थिए ।
गत भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघिनै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।