Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सरकारले कर छुट दिँदा पनि किन बढ्यो इन्धनको मूल्य ?

- शुभ बिहानी / शुक्रबार, चैत २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले पेट्रोलियम पदार्थको मूल्यवृद्धि के कारणले भएको हो भन्नेबारे स्पष्ट पारेका छन् ।
निगमको वर्तमान वित्तीय अवस्था र विश्व बजारको दबाबको विषयमा भट्टले प्रष्ट पारेका हुन । सरकारले कर छुट दिँदा पनि किन मूल्य बढ्यो भन्ने विषयमा
भट्टले जानकारी गराएका छन कार्यकारी निर्देशक भट्टका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको उछाल र भारतीय आयल कर्पोरेसनबाट प्राप्त हुने नयाँ खरिद दरमा भएको उल्लेख्य वृद्धिका कारण निगमले मूल्य समायोजन गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको हो ।

भट्टले कर छुटको विषयमा बोल्दै भने, ‘सरकारले जनहितलाई ध्यानमा राखेर केही शीर्षकमा कर सहुलियत दिएकै कारण मूल्य अझै धेरै माथि जान नपाएको हो । सरकारले करमा उक्त लचकता नदेखाएको भए र निगमले आफ्नो लागत अनुसारकै मूल्य तोकेको भए इन्धनको भाउ अहिलेको तुलनामा निकै महँगो हुने थियो ।

 

सरकारले कर घटाए पनि अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले उक्त छुटको प्रभावलाई ओझेलमा पारिदिएको छ । लागत मूल्य नै बिक्री मूल्यभन्दा बढी छ । निगम अहिले पनि ठूलो सञ्चित नोक्सानीमा रहेको र पेट्रोलियम पदार्थको नियमित आपूर्ति सुनिश्चित गर्नका लागि वित्तीय सन्तुलन कायम राख्नु अपरिहार्य रहेको छ ।’

निगमले स्वचालित मूल्य प्रणालीमा विशेष जोड दिएको छ । यो प्रणाली लागू हुनुको मुख्य उद्देश्य नै अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा यहाँ पनि घटाउने र बढ्दा सोही अनुसार समायोजन गर्ने हो ।

निगमले आफ्ना प्रशासनिक खर्चहरू कटौती गरिरहेको र डिपो व्यवस्थापनदेखि ढुवानीसम्मका प्रक्रियालाई डिजिटल र पारदर्शी बनाउन लागेको उनले बताए । मूल्यवृद्धिको भारी उपभोक्तालाई मात्र नबोकाइएको निगमले पनि बोकेको बताएको छ ।

मूल्य स्थिरीकरण कोषको प्रभावकारी सञ्चालन र इन्धन भण्डारण क्षमताको विस्तार गरेर आगामी दिनमा यस्ता उतारचढावलाई कम गर्ने रणनीति निगमले लिएको छ ।

 

Page Views: 39
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
एक दर्जन देशकाे श्रम स्वीकृति खुला
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama