Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एक दर्जन देशकाे श्रम स्वीकृति खुला

- Shuva Bihani / मङ्गलबार, बैशाख ०८, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

यसअघि इजरायल–अमेरिका र इरानबीचको युद्धका कारण बन्द गरिएकाे श्रम स्वीकृति खुला गरिएकाे छ । युद्धका कारण साउदी, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, जोर्डन, लेबनान, यमन, टर्की र इजरायललगायत १२ देशमा बन्द गरिएकाे श्रम स्वीकृति खुला गरिएकाे हाे ।

यसअघि २०८२ फागुन १७ गते ती देशमा श्रमस्वीकृति बन्द गरिएकाे थियाे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै हिजाेदेखि पुनः खुला गरिएको हो । इराकको हकमा भने २०८२ पुस ११ गते मन्त्रिपरिषदबाट भएको निर्णय बमोजिम हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रीस्तरीय निर्णय अनुसार श्रम मन्त्रालयले ती देशहरूमा व्यक्तिगत, संस्थागत र वैधानिकीकरणसहितका काम पूर्ववत् अवस्थामा हुनेगरी खुला गरेको बताइएकाे छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको उच्चस्तरीय आपत्‌कालीन प्रतिकार्य कार्यदल (ईआरटी) ले खाडी तथा पश्चिम एसियाली देशमा श्रम स्वीकृति खुला गर्न सिफारिस गरेको थियो ।

ईआरटीको बैठकले खाडी तथा पश्चिम एसियास्थित सबै श्रम गन्तव्य मुलुकहरू वैदेशिक रोजगारीका लागि खुला गर्ने सिफारिस गरे अनुसार मन्त्रालयले श्रम स्वीकृति खुला गरेको हो ।

Page Views: 13
संबन्धित शिर्षकहरु
विमानस्थल दैनिक सात घण्टा बन्द हुने
हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
चट्याङ लागेर एक युवकको मृत्यु
ताजा अपडेट
  • विमानस्थल दैनिक सात घण्टा बन्द हुने
  • एक दर्जन देशकाे श्रम स्वीकृति खुला
  • हिमाली भूभागमा वर्षा तराईमा तातो लहर
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama