Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा

- शुभ बिहानी / बिहिबार, बैशाख १०, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपाल सरकार अन्तर्गतकाे यातायात व्यवस्था विभागले विद्यार्थी छुट उपलब्ध गराउन भनी पठाएको पत्रको प्रत्युत्तर दिँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अबदेखि विद्यार्थीहरूलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा गरेको छ । राज्यले व्यवसायीलाई दिँदै आएको कर सहुलियत फिर्ता नभएसम्म कुनैपनि हालतमा विद्यार्थी छुट कार्यान्वयन नगर्ने अडान लिएको हो ।

सरकारले विद्यार्थी छुटका सम्वन्धमा २०६५ सालको पुरानो निर्णयलाई आधार बनाएर व्यवसायीमाथि दबाब बढाएको भन्दै महासंघले सरकारी नीतिको बिराेध गरेको हाे । यसअघि महासंघका अनुसार विगतमा ४५ प्रतिशत विद्यार्थी छुट दिएबापत व्यवसायीले वार्षिक कर, रुट परमिट र जाँचपासमा ६० प्रतिशत छुट पाउने सम्झौता थियो ।

देश संघीयतामा गएपछि सरकारले व्यवसायीलाई दिँदै आएको उक्त ६० प्रतिशत सहुलियत २०७३ सालदेखि हटाएर अन्याय गरेको महासंघको दाबी छ । एकातिर प्रदेश सरकारले मनोमानी ढंगले कर असुल्ने र अर्कोतिर संघीय सरकारले व्यवसायीको सहुलियत खोस्ने काम गरेकाले अब राहत विनाको सेवा दिन नसकिने महासंघले प्रष्ट पारेको छ ।

महासंघका महासचिव डेकनाथ गौतमले हस्ताक्षर गरेको पत्रमा कोशी प्रदेशबाहेक अन्य क्षेत्रमा व्यवसायीले कुनै पनि सहुलियत नपाएको उल्लेख गर्दै सरकारले व्यवसायीलाई टाट पल्टाउन खोजेको आरोप लगाउँदै छुट दिन नसकिने बताएकाे छ ।

राज्यले अधिकार र सहुलियत खोसेर व्यवसायीलाई सडकमा पुर्‍याउने अनि व्यवसायीले चाहिँ छुट बाँडिरहनु पर्ने भन्दै व्यवसायीहरूले प्रश्न गरेका छन् । जबसम्म संघीय र प्रदेश सरकारले ६० प्रतिशत कर छुटको व्यवस्था कानूनी रूपमै लागू गर्दैन तबसम्म विद्यार्थी छुटको कुनैपनि निर्देशन पालना नगर्ने महासंघले जनाएकाे छ ।

Page Views: 12
संबन्धित शिर्षकहरु
आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
तराई भेगमा केही दिन गर्मी बढ्ने
अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन
ताजा अपडेट
  • सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
  • आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?
  • तराई भेगमा केही दिन गर्मी बढ्ने
  • विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट नदिने घोषणा
  • अतिक्रमित सुकुम्बासी बस्ती खाली गराउन निर्देशन
  • बागलुङमा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा
  • एमालेले कम्युनिस्ट पार्टी स्थापना दिवस मनाउँदै
  • मूल्य वृद्धिविरुद्ध विद्यार्थी संगठनकाे प्रदर्शन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama