Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इलाममा कुखुरा ओसारपसार निषेध

- शुभ बिहानी / शुक्रबार, बैशाख ११, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

इलाममा कुखुरा र कुखुराको मासु ओसारपसार पूर्ण रुपमा निषेध गरिएको छ । पछिल्लो समय देखिएको बर्ड फ्लु रोग नियन्त्रणका निम्ति यस्तो निर्णय गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै अर्को निर्णय नभएसम्मका लागि कुखुरा र कुखुराको मासु अन्य जिल्लाबाट ओसारपसार वा भित्र्याउन निषेध गरिएको बताएको छ ।

अण्डा र चल्लाको हकमा रोग फैलिएका जिल्ला झापा, मोरङ, सुनसरीबाहेक अन्यत्रबाट पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा ओसारपसार तथा भित्र्याउन सकिने प्रशासनको भनाइ छ ।

यद्यपि, कुखुरा व्यवसायी संघले जिल्लाभरिका कृषकका अण्डा र चल्लाको माग संकलन गरेर उत्पादक, ह्याचरी, ढुवानी साधनको समेत विवरण खुलाई प्रवेश नाकामा आइपुग्नु २४ घण्टाअगावै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसँग अनुमति लिनुपर्ने छ ।

यस्तै, कुखुराको दाना मापदण्ड पूरा गरेर ओसारपसार वा ल्याउन सकिनेछ । प्रशासनले यी कार्यको अनुगमनका लागि टोलीसमेत गठन गरिएको र सो टोलीले नियमित अनुगमन गरी प्रतिवेदन बुझाउने बताएको छ ।

Page Views: 17
संबन्धित शिर्षकहरु
चाैबीस घण्टामा साढे २ हजार बढि कारबाहीमा
आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
भू–सेवा केन्द्र सञ्चालनका निम्ति बैंक तथा वित्तिय संस्थासँग आवेदन माग
ताजा अपडेट
  • चाैबीस घण्टामा साढे २ हजार बढि कारबाहीमा
  • आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
  • भू–सेवा केन्द्र सञ्चालनका निम्ति बैंक तथा वित्तिय संस्थासँग आवेदन माग
  • इलाममा कुखुरा ओसारपसार निषेध
  • सञ्चार मन्त्रालयको विज्ञप्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति
  • कर्मचारीको हाजिरी विवरण १५–१५ दिनमा प्रमाणित गर्नुपर्ने
  • सुनसरीको वराहक्षेत्र -५, कालाबांजारमा मामा\भान्जा सप्लायर्स तथा मासु पसल सञ्चालनमा
  • आज कुन कुन तरकारी तथा फलफूलकाे मूल्य कति ?

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama