नेपाल साल्ट ट्रेडिङ लिमीटेडले हुम्लामा नुन बितरण गरेकाे छ । साल्ट ट्रेडिङले हुम्लाकाे ताँजाकोट गाउँपालिकामा नुन बिक्रीवितरण गरेको हाे ।
नेपाल साल्ट ट्रेडिङ शाखा कार्यालयले स्थानीय बासिन्दालाई घरदैलोमै गएर नुन बिक्रीवितरण गरेको शाखा कार्यालयका प्रमुख राजबहादुर लामाले जानकारी गराएका छन् । उनका अनुसार चङ्खेली गाउँपालिकामा ४ सय ३१ क्विन्टल, सर्केगाड गाउँपालिकामा ४ सय ७० क्विन्टल, नाम्खा गाउँपालिकामा ६ सय ३० क्विन्टल नुन बित्रीवितरण गरिएको बताइएकाे छ ।
हुम्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएसँगै सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकास्थित साल्ट ट्रेडिङको शाखा कार्यालयले नुन बिक्रीवितरण गरेको हो । तत्काल १ हजार ५०० क्विन्टल नुन आएकाे र आर्थिक वर्ष २०८३/८४ का लागि ६ हजार १ सय ३० क्विन्टल माग गरिएको शाखा प्रमुख लामाले जनाएका छन् ।