आज भएकाे आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकाे अमेरिकाविरुद्धकाे खेलमा नेपालले जित हासिल गरेकाे छ । नेपालकाे तर्फबाट ओपनर कुशल भुर्तेलकाे शतकमा नेपालले शानदार जित निकालेका हाे ।
काठमाडाैँकाे किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा टस हारेर पहिला फिल्डिङ गरेकाे नेपालले १९७ रनकाे लक्ष्य पाएकाे थियाे । उत्कृष्ट जवाफी ब्याटिङपछि नेपालले ८० बल बाँकी छँदै ९ विकेटकाे जित निकालेकाे थियाे ।
नेपालकाे जितमा भुर्तेलले १०४ बलमा १०० रन पूरा गरे भने अर्का ओपनर आसिफ शेखले पनि अर्धशतक बनाएका थिए । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गरेकाे थियाे ।
टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका थिए ।