आजका लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलकाे मूल्य निर्धारण गरकाे छ । समितिले निर्धारण गरेअनुसार आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य यसप्रकार रहेकाे छ ।
जसअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४५, आलु रातो (लाम्चो) प्रतिकिलो ४०, आलु रातो (गोलो) प्रतिकिलो ३५, आलु रातो (मुढे) प्रतिकिलो ३५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४३ रहेको छ । त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो १००, बन्दा (लोकल) प्रतिकिलो ६०, काउली स्थानीय प्रतिकिलो ८०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ६० र भन्टा डल्लो प्रतिकिलो ६० ताेकिएको छ ।
बोडी (तने) प्रतिकिलो ४०, मकै बोडी प्रतिकिलो ५०, मटरकोसा प्रतिकिलो २००, घिउ सिमी (लोकल) प्रतिकिलो ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६०, घिउ सिमी (राजमा) प्रतिकिलो १२०, टाटे सिमी प्रतिकिलो ८०, भटमास कोसा प्रतिकिलो १४०, तीते करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ७०, परवर (लोकल) प्रतिकिलो ५०, परवर (तराई) प्रतिकिलो ५०, चिचिण्डो प्रतिकिलो ४०, घिरौँला प्रतिकिलो ७०, झिगुनी प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४०, भिन्डी प्रतिकिलो ३५, सखरखण्ड प्रतिकिलो ७० र पिँडालु प्रतिकिलो ७०, स्कुस प्रतिकिलो ६० कायम गरिएको छ ।
समितिका अनुसार रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकिलो ९०, चमसुरको साग प्रतिकिलो ९०, हरियो प्याज प्रतिकिलो १००, च्याउ (कन्य) प्रतिकिलो २५०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकिलो ३५० र सिताके च्याउ प्रतिकिलो १,००० निर्धारण गरिएको छ । कुरिलो प्रतिकिलो ३५०, न्युरो प्रतिकेजी ८०, ब्रोकाउली प्रतिकिलो १२०, चुकन्दर प्रतिकेजी ६०, सजीवन प्रतिकेजी १२०, रातो बन्दा प्रतिकिलो ५०, जिरीको साग प्रतिकिलो १००, सेलरी प्रतिकिलो १३०, पार्सले प्रतिकिलो २२०, सौफको साग प्रतिकिलो ९०, पुदिना प्रतिकिलो १२०, गान्टेमूला प्रतिकिलो ७०, इमली प्रतिकिलो २००, तामा प्रतिकिलो १४०, तोफु प्रतिकिलो १६० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।
त्यस्तै स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (नेपाली) दर्जन २००, केरा (मालभोग) २२०, कागती प्रतिकिलो १७०, अनार प्रतिकिलो ४२०, आँप (मालदह) प्रतिकिलो ७०, आँप (दशहरी) प्रतिकिलो १००, तरबुजा (हरियो) प्रतिकिलो ५०, जुनार प्रतिकिलो २२०, भुइँकटहर प्रतिकिलो २००, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६०,खकटहर प्रतिकिलो ५०, नासपाती (चाइनिज) प्रतिकिलो १६०, मेवा (नेपाली) प्रतिकिलो ९०, मेवा (भारतीय) प्रतिकिलो १००, लिची (लोकल) २५०, लिची (भारतीय) ३००, नरिवल (काँचो) प्रतिकिलो ८० र नरिवल (हरियो) प्रतिकिलो १७० ताेकिएको छ ।
अदुवा प्रतिकिलो १३०, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४०, माछे खुर्सानी प्रतिकिलो ६०, अकबरे प्रतिकिलो ३५०, भेडेखुर्सानी प्रतिकिलो ८०, हरियो लसुन प्रतिकिलो २००, हरियो धनियाँ प्रतिकिलो १२०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३०० र ताजा माछा (छडी) प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।