एक महिनादेखि माइतीघरमा न्याय माग गर्दै धर्ना बसेका सुजन विक घर फर्किएका छन् । माइतीघरमा छोरासहित धर्ना बसेका सुजन गृहमन्त्री सुदन गुरुङले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि घर फर्किएका हुन् ।
चिकित्सकको लापारबाहीले श्रीमतीको मृत्यु भएको र अस्पतालले हालसम्म पोष्टमार्टमको रिपोर्ट नदिएको भन्दै उनी एक महिनादेखि धर्नामा बसेका थिए । २०८३ वैशाख १० गते रत्ननगर बकुलर अस्पतालमा प्रसूति गराउन गएकी श्रीमती अस्मिता तामाङ बिकको मृत्यु भएको थियो ।
श्रीमतीको मृत्युपछि सुजन बच्चासहित माइतीघरमा धर्ना बसेका थिए । हालै गृहमन्त्रालय फर्किएका गृहमन्त्री गुरुङले दोषीलाई कारबाही गर्ने आश्वासन दिएपछि सुजन शुक्रबार माइतीघरबाट फर्किएका हुन् ।