गएराति झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार झापाकाे गौरादह नगरपालिका-१, स्थित पाडाजुङ्गी–गौरीगन्ज भित्री सडकखण्डअन्तर्गत नवदुर्गा पेट्रोलपम्प अगाडिक दुर्घटनामा एकजनाकाे मृत्यु भएको हो ।
डिपु चोकबाट पेट्रोलपम्पतर्फ जाँदै गरेको प्रदेश १-०१-००१ क ११८८ नम्बरको टिपरले साइकलयात्री गौरादह-४ निवासी ६१ वर्षीय प्रेमप्रसाद गुरागाईँलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा गम्भीर घाइते भएका गुरागाईँलाई उपचारका लागि दमक अस्पताल पुर्याइएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा संलग्न टिपरचालक गौरादह नगरपालिका-१, निवासी ३५ वर्षीय उमेश ताजपुरियालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडी बढाइएकाे ट्राफिक प्रहरीले जनाएको छ ।